• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

बिरामी छोरालाई भेट्न आमाले तय गरिन् २७ सय किलोमिटर यात्रा !

केरला । अस्पतालमा उपचार गराइरहेका आफ्ना छोरालाई भेट्न भारतमा एक महिलाले झण्डै दुई हजार ७०० किलोमिटर लामो यात्रा गरेकी छन् । 

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै सरकारले देशव्यापी लकडाउनको घोषणा गरेपछि सवारी साधनहरु बन्द भएकाले उनले कठिन यात्रा गर्नु परेको थियो । उनले यात्राका क्रममा कतै पैदल त कतै ट्याक्सीको प्रयोग गरेको पिटिआईले बताएको छ ।

यात्राका क्रममा झण्डै छ राज्य पार गरेकी ५० बर्षीया ती महिलाको छोराको जोधपुरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । उनीसँगै एक नातीनी र अर्का एक जना नातेदारले पनि पैदल यात्रा गरेका हुन् । 

लामो यात्रा गरेकी शिलम्मन वासनले जोधपुरबाट पीटीआईसँग कुराकानी गर्दै आफ्नो छोराको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइन् ।

आफ्नो २९ बर्षीय छोरो अरुण कुमारको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उनले बताइन् । छोरो अरुणलाई मांशपेसीसम्वन्धी रोग लागेको उनको भनाइ छ । ‘भगवानको कृपाले कुनै ठूलो समस्या विना नै हामी यहाँ आइपुग्न सफल भयौँ,’ उनले भनिन् ।
  
उनले आफुहरु केरलाबाट तमिल नाडु, कर्नाटक, महाराष्ट्र, गुजरात हुँदै राजस्थानको जोधपुरसम्म आइपुगेको जानकारी दिइन् ।

उनीहरु अप्रिल ११ मा हिडेर अप्रिल १४ मा जोधपुर पुगेका हुन् । जोधपुरमा सिमा सुरक्षा बल (विएसएफ)मा जवानकोरूपमा कार्यरत अरुण कुमार विदा मनाउन गत फेब्रुअरीको अन्त्यतिर आफ्नो घरगाउँ आएका थिए । घरबाट फर्केपछि उनी विरामी परेका थिए । 

उनलाई शुरुमा पखाला लागेको बताइएको थियो । विरामी अरुण कुमारको केरलामा एक बर्षीय बच्चा पनि छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर