• बुधबार २-१४-२०७७/Wednesday 05-27-2020/ 02:32 am

निसङ्डक्रमण यन्त्रमा पशुको औषधि प्रयोग

तनहुँ ।  सदरमुकाम दमौलीस्थित दमौली अस्पताल प्रवेशद्वारमा स्थापित  निसङ्डक्रमण यन्त्रमा पशुका लागि प्रयोग गरिने भिरोक एस नामको औषधि प्रयोग गरिएको पाइएको छ ।  जिल्ला पशुचिकित्सा कार्यालयसँग समन्वय गरी उक्त निसड्क्रमण औषधि सेनिटाइजरका रुपमा प्रयोगमा ल्याइएको दमौली अस्पतालले जनाएको छ । 

विज्ञसँंगको सल्लाहमा  उक्त निसड्क्रमण औषधिको प्रयोग गरिएको र यसले मानव जीवनमा कुनै असर नगर्ने  दमौली अस्पतालका प्रमुख डा सुनिल पौड्यालले जिकिर गरे ।

पछिल्लो समय  ब्रोइलर कुखुरा र बङ्गुरमा एन्ट्रिभाइरलका रुपमा समेत सो औषधि खुवाउन थालिएको जिल्ला भेटेरिनरी अस्पताल तनहुँका डा बालकुमार श्रेष्ठले बताए । उनले भने ,“निसड्क्रमण औषधि प्रयोग गर्दा कसैकसैको आँखामा परे एलर्जी हुन सक्छ । यसले मानवमा अन्य कुनै असर गर्दैन, जीवाणु मार्ने काम गर्छ, जथाभावी अफवाह फैलाउनु उचित होइन ।”  
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खाद्य संकट न्यूनिकरण गर्नको लागि बाँझो जमिन जोत्न मुख्यमन्त्री शाहीकाे अपील

  • १३ जेठ, २०७७

सुर्खेत । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले खाद्य संकट न्यूनिकरण गर्न बाँझो जमीनमा खेती गर्न आम कर्णालीबासीलाई अपील गरेका छन् । उनले आज कर्णाली

परीक्षण नै नगरी गौरीफन्टा नाकाबाट २ घन्टामै भित्रिए ४५ सय नेपाली

  • १३ जेठ, २०७७

कञ्चनपुर । भारतका विभिन्न ठाउँबाट सीमामा पुगेका नेपालीको आज पनि उद्धार जारी छ । पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकीबाट आज पनि नेपालीहरुको उद्धार

कर्णाली संक्रमित थपिएसंगै चिकित्सकको चेतावनी, सरकारले ध्यान नदिए इटाली हुने खतरा

  • १३ जेठ, २०७७

सुर्खेत ।  कर्णाली  प्रदेशमा मंगलवार १२ जना कोरोना संक्रमित थपिए सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । पछिल्लो समयमा भारत बाट