• शनिबार २-१७-२०७७/Saturday 05-30-2020/ 02:10 pm

फेसबुकले ल्यायो एकैपटकमा ५० बढीले कुरा गर्न मिल्ने भिडियो कल सेवा

एजेन्सी । विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो । 

‘म्यासेन्जर रुम’ नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ ।

सामुहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रियाहरु गर्न सकिनेगरी म्यासेन्जर रुम बनाइएको छ । म्यासेन्जर रुम भिडियो कुराकानीका लागि कुनै समय सीमा तोकिएको छैन । असिमित समयसम्म कुराकानी गर्न सकिने व्यवस्था गरिएको छ । 

सामुहिक भिडियो कुराकानीका लागि कुनै एउटा व्यक्तिले फेसबुकमा म्यासेन्जर रुम बनाएर कुनै पनि व्यक्तिलाई कुराकानीका लागि निमन्त्रणा गर्न सक्दछ । निमन्त्रणा गर्दा फेसबुक आइडी नभएको व्यक्तिलाई पनि गर्न सकिने गराइएको छ । 

भिडियो कुराकानीमा नियमन्त्रणा गरेको व्यक्तिले को को भिडियो कुराकानीमा सहभागी भएका छन् भन्ने थाहा पाउने र चाहेको व्यक्तिलाई हटाउन पनि मिल्ने गराइएको छ । 

फेसबुकको दायाँ साईडबाट भित्र छिरेपछि यस्तो सेवा शुरु गर्न सकिने व्यवस्था गरिएको छ । भिडियो कुराकानीमा सुरक्षा र गोपनीयताको पूर्ण सुनिश्चितता गरिएको पनि फेसबुकले दाबी गरेको छ । 

फेसबुकको यो नयाँ सेवा ‘म्यासेन्जर रुम’ केही देशमा प्रयोग गर्न सकिनेगरी यसै हप्ता खुल्ला गरिने छ भने अन्य देशका लागि विस्तारै खुल्ला गर्ने तयारी गरिएको फेसबुकले जनाएको छ ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिकी कम्पनीले तयार गरेको कोरोना खोप अष्ट्रेलियामा मानवमा परीक्षण

  • १४ जेठ, २०७७

क्यानबेरा । संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ

युट्युब भर्सेस टिकटक

  • १२ जेठ, २०७७

एजेन्सी । लामो समयदेखि टिकटक र युट्युव प्रयोगकर्ताबीचको झगडा जारी छ । यसैबीच एकै हप्तामा टिकटकको रेटिङ्गमा ठूलो गिरावट आएको छ । टिकटकको हालको रेटिङ्ग

एप्पलले जापानमा यसै साताबाट स्टोर पुनः सञ्चालनमा ल्याउने

  • १२ जेठ, २०७७

एजेन्सी । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पल इंकले जापानमा यसै सातादेखि स्टोरहरु पुनः सञ्चालनमा ल्याउने भएको छ । ् कोभिड–१९ को महामारीका कारण