कोरोना परीक्षणलाई तिव्र वनाउन मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  कर्णाली प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९)को परिक्षणलाई तिव्र वनाउन निर्देशन दिएका छन् । शनिवार मुख्यमन्त्री शाहीको अध्यक्षतामा वसेको विपदव्यवस्थापन केन्द्रको वैठकमा वोल्दै मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन् । 

कोरोना परीक्षणका लागि आवश्यक र्यापिड टेस्ट कीटलगायतका सामाग्रिको तत्काल आपुर्ती व्यवस्था मिलाउन मुख्यमन्त्री शाहीले सामाजिकविकास मन्त्रालयलाई निर्देशन दिदै, सम्भावित जोखिम कम गर्नको लागि कोरोना परिक्षणलाई तिब्र गतिमा अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए । 

लामो समय देखि लकडाउनका कारण समस्यामा परेका विद्यार्थी, दैनिक ज्यालादारी मजदुरहरुलाई सम्बन्धित स्थानीय तहको पहल र प्रहरी प्रसाशनको समन्वयमा उनिहरुलाई सम्बन्धित ठाउँमा जान दिनको लागि मुख्यमन्त्री शाहीले  निर्देशन समेत दिएका छन् । 

मुख्यमन्त्री शाहीले कोरोनाको जोखिम क्षेत्र पुर्वी तराई र भारतवाट भित्रिएका नागरिकलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् । 

कोरोना परिक्षण तथा नियन्त्रण कार्यका लागि सम्बन्धित स्थानिय तहका प्रमुखको संयोजकत्वमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वंसेवकहरुको एकिकृत प्रतिकार्य समुह निर्माण गरि परिचालन गर्नु पर्नेमा उनले जोड दिएका थिए ।

स्वास्थ्यकर्मी सहितको एकिकृत समुहले स्थानीयतहमा रहेका क्वारेन्टाईन र कोरोनाभाईरसको सम्भावित संक्रमितहरुमा कोरोना परिक्षण, परामर्श तथा स्वास्थ्य चेकजाँचगर्ने व्यवस्थामिलाउनु पनमा उनको जोड थियो । 

शनिवार सम्पन्न प्रदेश विपद व्यवस्थापन केन्द्रको वैठकले कामको सिलसिलामा कर्णाली प्रदेशमा अस्थायी वसोवास गरिरहेका, लकडाउनको कारण समस्यामा र आफनो घर फर्कन चाहने विद्यार्थी, मजदुर लगायतका नागरिकलाई सम्वन्धित प्रदेश, जिल्ला, सुरक्षा निकाय र स्थानीयतहको समन्वयमा घर फर्कन दिने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर