• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अस्पतालले कोरोनाबाट मृत घोषित गरेको व्यक्ति तीन हप्तापछि उठेपछि....

एजेन्सी । ल्याटिन अमेरिकी देश इक्वेडरमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको भनिएकी ७४ वर्षकी महिला जीवित रहेको खुलेको छ । उपचारकै अबस्थामा रहेको व्यक्तिको मृत्यु भएको भन्दै अस्पतालले परिवारलाइ जानकारी दिएपछि सन्नाटा छायो । केही दिन परिवार शोकमा डुबे ।

अस्पतालले मृत घोषित मात्रै गरेन अल्बा मारुरी अस्तु(खरानी) समेत परिवारका सदस्यलाई पठायो । परिवार भावविवहल बने । तर  तीन हप्तापछि एकाएक मृत घोषित गरेकी व्यक्ति जब ब्युझिइन तब मात्रै वृद्धा जीवितै रहेको थाहा भएको हो।  अस्पतालको बेडबाट बिउँझिइन् र लामो सास फेरिन त्यसपछि उनले आफ्नी बहिनीलाई टेलिफोन गरिदिन डाक्टरसँग आग्रह गरिन् ।

उनको परिवारले मृत्यु भएको भनेकी अल्बा जीवितै रहेको थाहा पायो, उनीहरु अति हर्षविभोर भए । तर घरमा आएको अस्तु कसको हो भन्ने उनीहरुलाई थाहा छैन । अस्पतालले आफूबाट भएको गम्भीर गल्तीका लागि माफी मागेको छ ।

इक्वेडरमा कोरोना भाइरस महामारीको इपिसेन्टर ग्वायक्वील शहरकी बासिन्दा अल्बा ‘मृत्यु’ बाट फर्किएकी हुन् ।

 

De no creer. Alba Maruri, 74 años, paciente de Covid-19 fue dada por muerta el 27 de marzo en hospital del Suburbio y su familia recibió sus cenizas. Resulta que cremaron a otra persona y Alba estuvo inconsciente 3 semanas hasta ayer, que preguntó por su hermana. #Guayaquil pic.twitter.com/vuTvbrGpz8

— LaHistoria (@lahistoriaec) April 25, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर