• मंगलबार २-१३-२०७७/Tuesday 05-26-2020/ 03:21 pm

कोरोना : बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु

लण्डन । कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ ।

दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासबाहेक वेलफयरले पनि छुट्टै विवरण राखेको र शनिबारमात्र सो आँकडा प्राप्त भएको जानकारी दिए । गोरखा वेलफेयर ट्रष्टमा अधिकृत तहमा कार्यरत ग्यारी घलेले ट्रष्ट भूपू गोरखाहरूका लागि काम गर्ने संस्था भएकाले बेलायतमा कोरोनाबाट निधन भएका केवल भूपू गोरखाको मात्र तथ्याङ्क राख्ने गरेको र दूतावासले सबै नेपालीको राख्ने हुँदा मृत्यु हुनेको सङ्ख्यामा फरक फरक पाइएको हुन सक्ने बताए ।

मृत्यु हुनेको सङ्ख्या अझ बढी हुनसक्ने आशङ्का गरिएको छ । मृत्यु हुनेका सबै परिवारले सञ्चारमाध्यमलाई घटनाबारे जानकारी नदिन पनि सक्छन् । परिवारको इच्छाविना अस्पतालले यस्ता घटना सार्वजनिक गर्दैन ।
– कृष्णप्रसाद शर्माः

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना भाइरसबाट विश्वभर ९६ नेपालीको मृत्यु, सात हजार सङ्क्रमित

  • ४ जेठ, २०७७

काठमाडौँ ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण  शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका

दुबईमा कार्यरत एक नेपालीको कोरोना संक्रमणको कारण निधन

  • २४ बैशाख, २०७७

यूएई ।  दुबईमा कार्यरत एक नेपालीको कोरोना संक्रमणको कारण ज्यान गएको छ । अर्घाखाँची घर भै १५ वर्षदेखि दुबईमा कार्यरत ४७ वर्षीय पुरुषको आइतबार ज्यान

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

  • २१ बैशाख, २०७७

काठमाडौं ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण  शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ  ।