• मंगलबार २-१३-२०७७/Tuesday 05-26-2020/ 03:57 pm

गुनासो सुन्न हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालन

पोखरा ।  पोखरा महानगरपालिकाले कोरोना रोकथाम र राहतका लागि नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाले यही वैशाख ३ गतेदेखि ११८१ नबर सञ्चालन गरेकोमा पुनः अर्को नम्बर ११८६ आजदेखि सञ्चालनमा ल्याएको हो । कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, बन्दाबन्दीले जोखिममा परेका समुदायको समस्या एवम् गुनासो सुनेर यथासम्भव तत्काल सम्बोधन गर्न टोली बनाइएको महानगरपालिका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए ।

महानगपालिकाले कोरोना सङ्क्रमण पैmलिन नदिन पोखरा ९ शान्तिवनस्थित कृषि उपज बजार केन्द्रमा सेनिटाइज टनेल स्थापना गरेको छ । पोखराकै ठूलो तरकारी तथा फलपूmल बजारका रुपमा रहेको केन्द्रमा सर्वसाधारणको चापलाई दृष्टिगत गर्दै टनेल स्थापना गरिएको हो ।

टनेल स्थापनाको शुभारम्भ गर्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरामा आवश्यकतानुसार सेवाग्राहीको चाप हुने स्थानमा यस किसिमका टनेल स्थापना गरिने बताए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

परीक्षण नै नगरी गौरीफन्टा नाकाबाट २ घन्टामै भित्रिए ४५ सय नेपाली

  • १३ जेठ, २०७७

कञ्चनपुर । भारतका विभिन्न ठाउँबाट सीमामा पुगेका नेपालीको आज पनि उद्धार जारी छ । पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकीबाट आज पनि नेपालीहरुको उद्धार

कर्णाली संक्रमित थपिएसंगै चिकित्सकको चेतावनी, सरकारले ध्यान नदिए इटाली हुने खतरा

  • १३ जेठ, २०७७

सुर्खेत ।  कर्णाली  प्रदेशमा मंगलवार १२ जना कोरोना संक्रमित थपिए सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । पछिल्लो समयमा भारत बाट

कर्णालीमा कोरोना संक्रमितको सख्या २३ पुग्यो

  • १३ जेठ, २०७७

सुर्खेत । कर्णालीमा थप १२ जना  कोराना संक्रमित थपिए सँगै  संक्रमितको संख्या २३ पुगेको छ । भारतबाट आएकाहरू मध्येबाट सोमबार गरिएको परीक्षणमा थप १२