• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

ओजन लेयरमा बनेको प्वाल साँघुरिदै

Photo:CNN

एजेन्सी । उत्तरी ध्रुबको माथि रहेको ओजोन तहमा बनेको प्वाल बन्द हुँदै गएको वैज्ञानिकले बताएका छन् । वैज्ञानिकहरुले गएको मार्चमा पहिलोपटक ओजोन तहमा बनेको सो प्वालबारे थाहा पाएका थिए ।

कोपर्निकस एटमस्परिक मनिटरिङ सर्भिस (सीएएमएस) ले प्वाल ट्र्याक गरिरहेका वैज्ञानिकहरूले असामान्य" प्वाल मानव गतिविधिबाट नभएर एउटा विशेष आर्कटिक ध्रुवीय भोर्टेक्स भएको बताएका छन् ।

सिएएमएसले ट्वीट गरेर भनेको छ, ‘कोभिड–१९ र त्यस कारण भएको लकडाउनको सम्बन्ध यसमा शायदै नहोला । उत्तरी ध्रुबमा लामो समय रहेको शक्तिशाली वायुभूमरी (भर्टेक्स) का कारण प्वाल बनेको हो । वायूको गुणस्तरसँग यसको कुनै सम्बन्ध छैन ।’ ओजोन तहमा बनेको सो प्वाल बन्द हुनुमा कोरोना भाइरसको महामारीका कारण लकडाउन हुँदा प्रदूषण कम हुनु भने नरहेको बताइएको छ। सीएनएनको समाचार अनुसार अझै पनि ओजोन तहमा बनेको प्वालको ठूलो हिस्सा बाँकी छ । पछिल्लो समय आर्कटिकमा यस्तो शक्तिशाली रासायनिक ओजोनको अवलोकन एक दशक पहिला देखिएको थियो ।

राष्ट्रिय मौसम विभागका अनुसार ध्रुवीय भंवर कम तनाव र चिसो हावाको ठूलो क्षेत्र हो जुन पृथ्वीको दुबै ध्रुवहरू वरिपरि छ। ध्रुवीय भोर्टेसहरू जहिले पनि अवस्थित हुन्छन्, तर तिनीहरू सामान्यतया गर्मीमा कमजोर हुन्छन् र जाडोमा सुदृढ हुन्छन्। आर्कटिकमा ध्रुव भोर्टेक्स सामान्यतया नजिकको जमिन र पहाडको दायराको कारण कमजोर छ किनकि मौसमको लागि दक्षिणतिरको भन्दा बढि गडबड छ, सीएएमएसले भनेको छ । ओजेन तह पृथ्वीको सतहबाट ९ देखि २२ माइलको उचाईमा रहन्छ । उत्तरी ध्रुबमा ओजोन तह नजिक छ ।

दक्षिणी ध्रुबको ओजोन तहमा बन्ने प्वालहरुको कारक क्लोरिन तथा ब्रोमिनसहितका रसायन हुने गरेका छन् । तर उत्तरी ध्रुबमा बनेको प्वालको कारक भने भूमरी रहेको र आकार पनि सानो रहेको वैज्ञानिकले बताएका छन् । अहिले सो प्वाल पनि पहिले देखिएको भन्दा सानो हुँदै जानु खुशीको खबर रहेको वैज्ञानिकले बताए । सीएनएन

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर