प्रदेश नं १ : ३८ जना आइसोलेसनमा

विराटनगर ।  प्रदेश नं १ मा मङ्गबारसम्म पाँच हजार ९०० जनाको कोभिड–१९ को परीक्षण भएको छ भने स्वास्थ्यकर्मीको निगरानीमा  ३८ आइसोलेसनमा रहेका छन् ।

पिसीआर विधिबाट एक हजार १९  र आरडिटी विधिबाट चार हजार ८८१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना कक्षले जनाएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा ४४५ महिला दुई हजार १४० छन् भने १७ जना घर फर्केका छन् ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर