फलोअप : विवादित खरिद प्रक्रिया अगाडी बढाउँदै डडेल्धुरा अस्पताल 

धनगढी । डडेल्धुरा अस्पतालले विवादित खरिद प्रक्रिया अघि बढाउने भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले  सार्वजनिक  निकायहरुका लागि विद्युतिय खरिद प्रणालीमा बोलपत्र, आशयपत्र, प्रस्ताव र सिलबन्दी दरभाउपत्र दाखिला गर्ने म्याद थप गर्न सुचना जारी गरे पनि अस्पताल कमिशनको चक्करमा जबरजस्ती खरिद प्रक्रिया अगाडी बढाएको हो । 

यति संवदनशील अवस्थामा देशभर महामारी नियन्त्रण गर्नपर्ने बेलामा स्वास्थ्य क्षेत्र भने कशिनको चक्करमा लागेको हो ।

संघीय सरकारले आर्थिक वर्ष ०६७/०७७ मा मातहत रहेका अस्पतालहरुलाई पुँजिगत खर्च अन्र्तगत हुने गरी १ अर्ब रकम छुट्याएको थियो । सोहि बजेट निकासाको लागि मन्त्रालयले प्रस्तावना माग गरेको थियो । अस्पतालले बाह्य परामर्शदाता सँग सहकार्यमा प्रस्तावना पेश गरी

पहिलो चरणमा रु ८ करोड बजेट निकासा भएको थियो । जुन बजेट बाट डडेल्धुरा अस्पतालले सिटी स्क्यान मेसिन, प्रयोगशालाका सामाग्री, भेन्टीलेटर, एनेस्थेसिया जस्ता उपकरणहरु खरिद प्रक्रिया अगाडी बढाएको थियो ।

खरिद प्रक्रिया अगाडी बढाउँदै गर्दा अस्पतालले बाह्य परामर्शदाता कम्पनि सँग सम्झौता गरी स्पेशिफिकेशन तयार गरेको समाचार हामीले यसअघि पनि प्रकाशन गरेका थियौं । प्रि–बिड बैठकपछि एउटै कम्पनिलाई मात्रै मिल्ने गरी धनगढीका अमित मेडीसिनका व्यवसायीक साझेदार मुरलिधर जोशीको संलग्नतामा स्पेशिफिकेशन संसोधन गरिएको समाचार दैनिक निकट स्रोतको दाबी छ । 

याे पनि :

डडेल्धुरा अस्पतालको सीटी स्क्यान खरिदमा अनियमितता, ओम्नी समूहको संलग्नता

मन्त्रालयबाट बजेट निकासा हुदाँ बाह्य परामर्शदाता कम्पनिले तयार गरेको प्रस्तावना स्वीकृत भएको र पछि खरिद प्रक्रिया अगाडी बढ्दै गर्दा बाह्य परामर्शदाता कम्पनिलाई नै संसोधनको लागि दबाव दिइएको थियो । बाह्य परामर्शदाता कम्पनिको प्रतिनिधीले नमानेपछि अस्पताल प्रशासन र धनगढीका सप्लायर्सको मिलामतोमा स्वास्थ्य सेवा विभागमा करारमा कार्यरत हाल सुदुरपश्चिम प्रदेश आपुर्ति केन्द्रका ईञ्जिनियर हरेन्द्र चटौतले स्पवेशिफिकेशन नै संसोधन गरेका थिए ।

प्रि–बिड बैठकमा सहभागी सप्लायर्सहरुले नेपालमा राम्रो तथा गुणस्तरीय कम्पनि जस्तै : सिमेन्स, क्यानन, हिताचि जस्ता जापान ,जर्मन र अमेरीकन कम्पनि समेत सहभागी हुनेगरी बनाईएको स्पेशिफिकेशन संसोधन गरी एउटा सप्लायर्स हस्पिटेकले सप्लाई गर्नेगरी फिलिप्स कम्पनिलाई मिल्नेगरी संसोधन गरिएको तथ्य खुलेको हो ।

प्रि–बिड बैठकमा सहभागी अन्य सप्लायर्सले स्पेशिफिकेशन संसोधनको कारण लिखित जवाफ माग गरेको थियो । तर, अस्पताल प्रशासनले कुनै ठोस जवाफ नदिएको अन्य सप्लायर्सले आरोप लगाएका छन् । फिलिप्स र अन्य दुई वटा चाइनिज कम्पनी जुन  हालसम्म नेपालको कुनै  अस्पतालमा छैनन र ति चाइनिज कम्पनीका डिलर पनि छैनन् । स्रोतका अनुसार त्यसलाई पनि संलग्न गराउनेगरी योजना भइरहेको छ ।

याे पनि :

फलोअप : लकडाउनको मौका छोपेर डडेल्धुरा अस्पताल ‘कमिशन’ चक्करमा

ती दुई वटा चाइनिज कम्पनी र फिलिप्स  गरि तीन वटा लाई प्राबिधिक रुपमा पास गराउन र ती तिन मध्य फिलिप्सलाई मुल्यमा सस्तो बनाउन लगाई टेन्डर मिलोमतो गर्न सप्लायर्स, अस्पताल र ईन्जिनियर लागिपरेको देखिन्छ । अन्य बिडरहरु टेन्डर बिड गर्ने नगर्ने दोधारमा रहेका छन ।

त्यसैगरी प्रयोगशालाका अन्य उपकरण मा blood component sperator र Autoatic blood culture machine मा Minadary काे TDR मोडेल सँग मात्र मिल्ने गरी बनाईएको र भेन्टिलेटर फिलिप्सको v680 model र Anesthesia चाहीँ Drager कम्पनीसँग मात्र मिल्ने गरी बनाईएको छ । त्यस्तै ल्याप्रस्कोपि मेसिन Olympus को visera model सँगमात्र मिल्ने गरी बनाईएको छ । यस्तो प्रकारको स्पेशिफिकेशन को बारेमा बुझुदा बायोमेडीकल ईञ्जिनियर र अस्पताल प्रशासन एक अर्कामा दोषारोपण गरीरहेका छन् ।

प्रि–बिडमा सहभागी सप्लायर्सहरुले संसोधन भएको स्पेशिफिकेशन नसच्याएमा कानुनी उपचारमा जाने (सार्वजनिक खरीद अनुगमन कार्यालय, अदालत, अख्तियारमा) तयारी गरेको र लकडाउन को कारण अस्पताल प्रसासनले केही संसोधन गर्न तयार हुन्छ की भनेर पखाईमा रहेको एक सप्लायर्सका प्रतिनिधीले बताए 

उक्त कमिसन अस्पताल प्रशासन, धनगढीका सप्लायर्स , स्पेशिफिकेशन संसोधन गर्ने ईञ्जिनियरसम्म पुग्ने योजना बनाएको स्रोतको दाबी छ । 

डडेल्धुरा अस्पतालले पहिलो चरणमा गरेको खरिद प्रक्रिया नै स्पेशिफिकेशन संसोधन गरी कमिशन आउने सप्लायर्सलाई नै दिने योजना गरिरहेको बेलामा विवादास्पद भएको छ । उक्त खरिद प्रक्रिया रद्द नगरी अस्पतालले थप बजेटको लागि पहल गरिरहेको हुँदा यसमा सरोकारवालको ध्यान जान जरुरि भएको देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर