• सोमबार २-१९-२०७७/Monday 06-01-2020/ 03:34 am

ओखलढुङ्गाका ६ मजदुर जुम्लामा अलपत्र

ओखलढुङ्गा । ओखलढुङ्गाका ६ युवक जुम्लामा अलपत्र परेका छन् । जिल्लाको खिजिदेम्बा गाउँपालिका–४ खिजीकातीका युवा लकडाउनका कारण जुम्लामा अलपत्र परेका हुन् ।

काठ चिरानको कामका लागि गत फागुन २७ गते जुम्ला पुगेका उनीहरु लकडाउनका कारण गाउँ फर्कन नसकेका हुन् । कोरोनाको डरले काम गर्ने अवस्था नभएको र लकडाउनका कारण घर फर्कन पनि नसकेको अलपत्र युवक सुकवीर तामाङले बताए । 

लामो समयको लकडाउनले आफूहरुलाई खान बस्नसमेत समस्या भएको उनको भनाइ छ । “हामी छ जना यहाँ जुम्लामा रोेकिएर बसेका छौँ । खान–बस्न समस्या भइरहेको छ । गाउँ फर्कन चाहन्छौँ तर सम्भावना भएन”, उहाँले रासससँग टेलिफोनमा भने, “स्थानीय सरकारले अलपत्र परेका नागरिकलाई उद्धार गरेको सुनियो । हामीलाई पनि सहयोग गरिदिएहुन्थ्यो ।” अझै लामो समय लकडाउन भए थप समस्या हुने भएकाले उद्धारका लागि उनीहरुले अपिल गरेका छन् ।
 
खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले टाढाका अलपत्र नागरिकलाई गाउँ फर्काउन सक्ने अवस्था नरहेको बताए । राजधानी काठमाडौँबाट गाउँ फर्कन चाहनेलाई स्थानीय सरकारले सवारी व्यवस्था गरेर ल्याएको भए पनि जुम्लामा अलपत्र परेकालाई गाउँ ल्याउन अहिले सम्भव नहुने उहाँको भनाइ छ । खिजीदेम्बाले करिब ७०० नागरिकलाई राजधानीबाट उद्धार गरेर गाउँ फर्काएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तरुण दलको मशाल जुलुशमा प्रहरीद्वारा लाठी चार्ज, आधा दर्जन सामान्य घाइते

  • १८ जेठ, २०७७

जनकपुरधाम । जनकपुरधाममा तीनै तहको सरकारको विरोधमा तरुण दलले निकालेको मशाल जुलुशमा प्रहरीले हसक्षेप गर्नुका साथै लाठी चार्ज गरेको छ । तरुण दलको

क्वारेन्टाइनमा बसेका ४ जनालाई र्‍यापिड पोजेटिभ देखिएपछि भैंसी गोठमा सारियो

  • १८ जेठ, २०७७

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाले र्‍यापिड टेष्ट (आरडीटी) पोजेटिभ देखिएपछि क्वारेन्टाइमा राखिएका ४ जनालाई भैंसी गोठमा सारेको छ । आरडीटी पोजेटिभ

परीक्षण बिनै झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिए

  • १८ जेठ, २०७७

बैतडी । नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो ।