• सोमबार २-१९-२०७७/Monday 06-01-2020/ 05:10 am

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

कैलाली । बझाङको केदारस्यु गाउँपालिका–२ की ३३ वर्षीया एक सुत्केरी महिलाको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बझाङ जिल्ला अस्पतालमा यही वैशाख १२ गते शल्यक्रिया गरी प्रसूति भएकी जानकीदेवी रावलको पेट सुन्निने समस्या आई उपचार सम्भव नभएपछि सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको पहलमा धनगढीबाट सिम्रिक एयरको हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको सामाजिक विकासमन्त्रीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।

शल्यक्रियाबाट प्रसूति भएकी रावलको उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा सिफारिस हँुदै सेती प्रादेशिक अस्पतालमा ल्याइएको र सेती प्रादेशिक अस्पतालमा पनि उपचार सम्भव नभएपछि काठमाडाँै लगिएको बताइको छ । उनलाई सुदूरपश्चिम सरकारकोे पहाडी जिल्लाका जटिल सुत्केरी अवस्थाकालाई उद्धार गर्ने एयरलिफ्ट कार्यक्रममार्फत उद्धार गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तरुण दलको मशाल जुलुशमा प्रहरीद्वारा लाठी चार्ज, आधा दर्जन सामान्य घाइते

  • १८ जेठ, २०७७

जनकपुरधाम । जनकपुरधाममा तीनै तहको सरकारको विरोधमा तरुण दलले निकालेको मशाल जुलुशमा प्रहरीले हसक्षेप गर्नुका साथै लाठी चार्ज गरेको छ । तरुण दलको

क्वारेन्टाइनमा बसेका ४ जनालाई र्‍यापिड पोजेटिभ देखिएपछि भैंसी गोठमा सारियो

  • १८ जेठ, २०७७

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाले र्‍यापिड टेष्ट (आरडीटी) पोजेटिभ देखिएपछि क्वारेन्टाइमा राखिएका ४ जनालाई भैंसी गोठमा सारेको छ । आरडीटी पोजेटिभ

परीक्षण बिनै झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिए

  • १८ जेठ, २०७७

बैतडी । नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो ।