• मंगलबार २-१३-२०७७/Tuesday 05-26-2020/ 03:07 pm

सङ्क्रमण जोखिमले प्रदेश नं २ का आठ जिल्ला रेडजोनमा

वीरगञ्ज ।  सङ्घीय सरकारले कोरोना सङ्क्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश नं. २ का आठ जिल्लालाई अति जोखिमपूर्ण (रेडजोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारीरुपमा अगाडि बढाएको छ ।कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको यो प्रदेशको आठवटै जिल्लामा लकडाउनलाई प्रभावकारीरुपमा लागू गरी सीमा सतर्कता बढाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक तिलक सुनारले राससलाई बताए ।  

भारतीय सीमासँग जोडिएको प्रदेश नं २ का आठ जिल्लाको लम्बाइ ४२८ किलोमिटर छ । सो क्षेत्रमा ३२९ वटा चेक प्वाइन्ट खडा गरी सीमा क्षेत्रको आउजाउमा व्यापक कडाइ गरिएको छ । खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रदेश नं २ प्रहरी कार्यालयले सीमानाकामा चेक प्वाइन्ट खडा गरी निगरानी बढाएको हो । लकडाउनलाई सफल पार्न प्रहरीले कडाइ गरेपछि सामाजिक दूरी कायम गर्नेमा सुधार हँुदै आएको प्रदेश नं २ प्रहरी कार्यालयले जनाएको छ । 

प्रदेश नं २ मा अहिलेसम्म कोरोना पोजेटिभको सङ्ख्या १० पुगेको छ । जसमध्ये एकजना उपचारपछि घर फर्किसकेको र उनको आरडिटी परीक्षण गर्दा पुनः कोरोना पोजेटिभ देखिएको थियो । ती १० जनाको वीरगञ्जस्थित नारायणी कोभिड अस्पतालमा उपचार भइरहेको छ । 

हाल प्रदेश नं २ मा आइसोलेशनमा ३० र क्वारेन्टाइनमा एक हजार १५७ जना रहेको जनाइएको छ । लकडाउनको अवहेलना गरी बाहिर निस्किने ७३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने लकडाउनको पालना नगरेको ६ हजार ६७० वटा सवारी साधन नियन्त्रणमा लिएको छ । प्रदेश नं २ रेडजोनमा आएपछि लकडाउनलाई पूर्णरुपमा पालना गराउन कडाइ गरिनाका साथै सीमा क्षेत्रमा समेत कडाइ गरिएको छ ।  
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

परीक्षण नै नगरी गौरीफन्टा नाकाबाट २ घन्टामै भित्रिए ४५ सय नेपाली

  • १३ जेठ, २०७७

कञ्चनपुर । भारतका विभिन्न ठाउँबाट सीमामा पुगेका नेपालीको आज पनि उद्धार जारी छ । पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकीबाट आज पनि नेपालीहरुको उद्धार

कर्णाली संक्रमित थपिएसंगै चिकित्सकको चेतावनी, सरकारले ध्यान नदिए इटाली हुने खतरा

  • १३ जेठ, २०७७

सुर्खेत ।  कर्णाली  प्रदेशमा मंगलवार १२ जना कोरोना संक्रमित थपिए सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । पछिल्लो समयमा भारत बाट

कर्णालीमा कोरोना संक्रमितको सख्या २३ पुग्यो

  • १३ जेठ, २०७७

सुर्खेत । कर्णालीमा थप १२ जना  कोराना संक्रमित थपिए सँगै  संक्रमितको संख्या २३ पुगेको छ । भारतबाट आएकाहरू मध्येबाट सोमबार गरिएको परीक्षणमा थप १२