• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

दुबईमा कार्यरत एक नेपालीको कोरोना संक्रमणको कारण निधन

यूएई ।  दुबईमा कार्यरत एक नेपालीको कोरोना संक्रमणको कारण ज्यान गएको छ । अर्घाखाँची घर भै १५ वर्षदेखि दुबईमा कार्यरत ४७ वर्षीय पुरुषको आइतबार ज्यान गएको उनी कार्यरत कम्पनीले जनाएको छ । उनी वैशाख ५ गते अस्पताल भर्ना  भएका थिए । 

स्वास फेर्न तथा ज्वरो आउने समस्या बढेपछि उनलाई सँगै बस्ने छिमेकीले अस्पताल पुर्याएका थिए ।उनलाई भेण्टिलेटरमा राखेर उपचार गराइएकोमा आइतबार साँझ ज्यान गएको दूतावास स्रोतले जनाएको छ ।

सुरुमा निमोनिया देखिएर अस्पताल भर्ना भएका उनको कोरोना भाइरसको कारण ज्यान गएको अस्पताललाई उद्धृत गर्दै परराष्ट्र सेवा कन्सुलर सेवाले परिवारलाई जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर