लक डाउनमा पनि रोकिएन अवैध धन्दा

झापा । लकडाउनको वखत पनि अवैधरुपमा धन्दा गर्नेहरुको धन्दा रोकिएको छैन । औषधिको कार्टुनभित्र लुकाईछिपाई नेपालमा प्रतिबन्धित सुर्ती तथा सुर्तीजन्य वस्तु आयात गर्ने गरेको गरेको घटना बाहिर आएसँगै यस्तो रहष्यपनि बाहिरिएको हो । 

लकडाउनका बखत विरामीले उपभोग गरिरहेको भारतीय औषधि ल्याउन केही सहज बनाइएसँगै व्यापारीले यसलाई गलतरुपमा प्रयोग गर्न थालेका छन् । अहिले औषधि ल्याउने बहानामा केही व्यपारीहरुले औषधिको काटनभित्र नेपालमा प्रतिबन्धित सुर्ती तथा सुर्तीजन्य वस्तु काँकरभिट्टा प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

काँकरभिट्टा प्रहरीले औषधिको काटन चेकजाच गर्ने क्रममा त्यहाँभित्र लुकाईछिपाई राखेको रजनीगन्धा सुर्तीलगायतका सुर्तीजन्य वस्तु फेला पारी आवश्यक कारवाहीकालागि भन्सार बुझाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार औषधि भनेर ल्याउदैं गरेको काटनभित्र केही छ कि भनेर शंका लागि खोलेर हेर्दा नेपालमा प्रतिवन्धित सुर्ती तथा सुर्तीजन्य वस्तु फेला परेको थियो ।  

प्रहरीले चोकजाँच गर्ने क्रममा लिएर आउने ती व्यक्ति चाँहि भागेका थिए । घटना लगत्तै अहिले काँकरभिट्टाबाट नाकाबाट दैनिक रुपमा विरामीले प्रयोग गर्ने औषधिमा समेत कडाई गरेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए । प्रहरीले नियन्त्रणमा लिइएको सवै औषधि आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर