• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

भारतको पश्चिम बंगालमा १० घण्टामा सय करोड भारुको मदिरा बिक्रि

एजेन्सी । भारतको पश्चिम बंगाल राज्यमा जम्मा १० घण्टामा एक सय करोड भातीय रुपैयाँ भन्दा बढीको मदिरा बिक्रि भएको छ । यसलाई भारतमा मदिरा बिक्रिमा नयाँ रकेर्ड बनेको बिबीसी हिन्दीले जनाएको छ । 

लकडाउनअघि यस राज्यमा दैनिक करिब ४०देखि ४५ करोड भारुको मदिरा बिक्रि हुने गरेको तर लकडाउन केही खुकुलो बनाएको दिन मंगलबार जम्मा १० घण्टामा एक सय करोड बढीको मदिरा बिक्रि भएको हो । 

कोरोना भाइरस विरुद्ध लडाईका लागि राज्य सरकारले मदिरामा ३० प्रतिशत अतिरिक्त शुल्क लिएर मदिरा बिक्रि गरेको थियो । पश्चिम बंगालमा दुई दिनमा भएको मदिरा बिक्रिले राजस्वमा बम्पर कमाई भएको बताइएको छ । 

एक नाम बताउँन नचाहाने राजस्व विभागका एक कर्मचारीले मदिरा बिक्रिबाट सरकारलाई ६० करोड बराबरको राजस्य संकलन भएको बताए । 

भारतमा सोमबारबाट लकडाउन केही खुकुलो बनाउँदै मदिरा पसल खोल्ने अनुमति दिएपछि देशका थुप्रै राज्यमा मदिरा ग्राहकको लामो लाइन लागेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । 

केही ठाउँमा मानिसहरु मदिरा किन्नका लागि कैयौँ किलोमिटर हिडेको बताइएको छ भने केह िठाउँमा भीड नियन्त्रण गर्नका लागि प्रहरीले लाठी चार्ज नै गर्नु परेको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर