• शुक्रबार ६-९-२०७७/Friday 09-25-2020/ 11:27 am

बुद्धजयन्ती : कोरोना मुक्तिको कामना गर्दै मनाइयो

पोखरा । बैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४औँ बुद्धजयन्तीका अवसरमा पोखरा र आसपासका स्तुपा, विहार एवं गुम्बामा  ‘कोरोना भाइरसको जोखिम नहोस्’ भन्ने कामना गरिएको छ ।

विगतका वर्षमा भव्यताका साथ बुद्धजयन्ती मनाइने गरिन्थ्यो ।  यस वर्ष भने कोरोनाको जोखिम हुन नदिन जारी बन्दाबन्दीका कारण सामाजिक दूरी कायम गर्दै कोरोना मुक्तिको कामना गर्दै स्तुपा, विहार तथा गुम्बामा सामान्य पूजा गरिएको हो । सो अवसरमा पोखरा महानगरपालिका–३ तेस्रापट्टीस्थित धर्म्शिला बुद्ध विहारमा बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न तथा असहाय एक हजार जनालाई निःशुल्क भोजन गराइएको दायक सभाका पूर्वअध्यक्ष तीलकमान गुभाजुले जानकारी दिए ।

यहाँका आसपासका स्तुपा, विहार तथा गुम्बामा तत्तत् स्थानमा रहनुभएका बौद्ध भिक्षु एवं लामा गुरुहरूबाट पूजापाठ गरिएको उनले बताए । वैशाख शुक्ल पूर्णिमाका दिन गौतमबुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाण प्राप्त भएका कारण आजको दिनलाई त्रिसंयोगको दिनका रुपमा लिइन्छ । 

गुभाजुका अनुसार पोखराको अनदुमा विश्व शान्ति स्तुप, तेस्रापट्टीमा धर्म्शिला बुद्ध विहार र मोहोरियामा धर्म सङ्घ बुद्ध विहारसहित झण्डै दुई दर्जनको सङ्ख्यामा गुम्बा छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बाँकेमा कोरोना संक्रमित ५२ वर्षीय पुरुषको मृत्यु

  • ९ असोज, २०७७

बाँके । बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।   नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज

अभिलेखीकरणका लागि घरदैलोमा शिक्षक

  • ९ असोज, २०७७

कञ्चनपुर। कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन्। सरकारले

जीपसहित काठ तस्करी गर्ने दुई पक्राउ

  • ९ असोज, २०७७

कञ्चनपुर । बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । जीपमा फल्स बटम