• मंगलबार २-१३-२०७७/Tuesday 05-26-2020/ 02:42 pm

गुणस्तरहीन राहत आपूर्ति गर्ने व्यापारीलाई जरिवाना

कैलाली ।  धनगढी उपमहानगरपालिकाले वडा नं ४ मा वितरण गरेको राहत चामलको गुणस्तर परीक्षण र छानबिनमा गुणस्तरहीन भेटिएपछि चामलको आपूर्तिकर्ता फार्म ठाकुर ट्रेडलिङ्कलाई जरिवाना गरेको छ । वडाका केही स्थानीयले राहतअन्तर्गत वितरण गरिएको चामलमा किरा भेटिएको भन्दै गुनासो गरेपछि उपमहानगरपालिकाले छानबिनका लागि सम्बन्धित निकायसँग अनुरोध गरेको थियो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका निरीक्षक कमलबहादुर पुन मगरले छानबिनपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर देखिएकाले चामलको आपूर्तिकर्ता फार्म ठाकुर ट्रेडलिङ्कलाई रु दुई लाख जरिवाना गराइएको बताए  ।

तोकिएको जरिवाना सात दिनसम्म दाखिला नगरेमा कारोवार बन्द गरी कारवाही अगाडि बढाउने व्यवस्था रहेको निरीक्षक पुनको भनाइ छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरीक्षक दीपक कुँवरले गलत गर्ने जो कोहीलाई पनि कारवाही गर्ने जिम्मेवारी आफूहरुको भएको बताए  ।

यसैबीच गरिब तथा मजदुर वर्गलाई गुणस्तरहीन चामल वितरण गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ नं वडा कमिटीले धनगढी उपमहानगरपालिका–२ को कार्यालयमा मङ्गलबार तालाबन्दी गरेको छ । सरकारले तोकेको मापदण्ड र मानवता नै बिर्सिएर गुणस्तरहीन राहत वितरण भएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको पार्टीका वडा कमिटी संयोजक विष्णु पुरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

परीक्षण नै नगरी गौरीफन्टा नाकाबाट २ घन्टामै भित्रिए ४५ सय नेपाली

  • १३ जेठ, २०७७

कञ्चनपुर । भारतका विभिन्न ठाउँबाट सीमामा पुगेका नेपालीको आज पनि उद्धार जारी छ । पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकीबाट आज पनि नेपालीहरुको उद्धार

कर्णाली संक्रमित थपिएसंगै चिकित्सकको चेतावनी, सरकारले ध्यान नदिए इटाली हुने खतरा

  • १३ जेठ, २०७७

सुर्खेत ।  कर्णाली  प्रदेशमा मंगलवार १२ जना कोरोना संक्रमित थपिए सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । पछिल्लो समयमा भारत बाट

कर्णालीमा कोरोना संक्रमितको सख्या २३ पुग्यो

  • १३ जेठ, २०७७

सुर्खेत । कर्णालीमा थप १२ जना  कोराना संक्रमित थपिए सँगै  संक्रमितको संख्या २३ पुगेको छ । भारतबाट आएकाहरू मध्येबाट सोमबार गरिएको परीक्षणमा थप १२