अर्थमन्त्री खतिवडाले भने, 'सम्वृद्धिको नारा सफल पार्न पूर्ण बजेट आवश्यक'

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सम्वृद्धिको नारा सफल पार्न पूर्ण बजेट नै आउने स्पष्ट पारेका छन् । बजेटका सिद्धान्त र प्राथमिकतामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले भने, 'सरकारले लिएको आर्थिक सम्वृद्धिको नारा सफल पार्नका लागि अहिले पूर्ण बजेटको नै आवश्यकता रहेको छ , आर्थिक पुनरोत्थानलाई सरकारले ध्यान दिएको र बजेट निर्माणका क्रममा प्राथमिकतामा राखेर बजेट आउछ ।' 

उनले सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीका लागि सरकारले उचित तवरले बजेट बिनियोजन गर्ने बताए ।

आधारभूत स्वास्थ्य सेवा र माध्यमिक तहसम्मको शिक्षालाई बलियो बनाउँदै लैजान सरकारको भूमिका बढाउने, रोजगारीको क्षेत्रमा लगानी बढाउने उनले बताए ।

बैठकमा सभामुख अग्नि सापकोटाले आगामी जेष्ट २ गते शुक्रबार चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति बिद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर