भारतको हेपाह प्रवृत्तिप्रति प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसियसनको आपत्ति

काठमाडौं । भारतले एकतर्फि रुपमा लिपुलेक हुँदै मानसरोवर जाने बाटो बनाएकोप्रति प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसियसन नेपाल (पिन) ले घोर भत्र्सना गरेको छ । पिनका महासचिव डा. हरि पराजुली र अध्यक्ष शम्भू बहादुर श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै साना राष्ट्रहरुको भौगोलिक सिमानालाई स्वीकार नगर्ने भारतको हेपाह प्रवृति भएको भन्दै आपत्ति व्यक्त गरेका छन् । 

जारी विज्ञप्तिमा भनिएको छ,‘सिमाना सम्बन्धि विवादहरु इतिहासमा भएका सन्धि, संझौता, अभिलेख तथा प्रमाणहरुका आधारमा दुई पक्षिय वार्ता तथा संवादको माध्यमबाट हल गरिनुपर्छ । यसमा हाम्रो संगठन यस्ता विवादहरु उच्च राजनीति तथा कुटनीतिक संवादमार्फत समाधान गर्न सरकारसँग जोडदार माग गर्दछ ।’

साथै सुझबुझपूर्ण तथा कुटनीतिक रुपमा सधैंका लागि यी विवादहरु समाधान गर्न संगठनले सरकारसमक्ष अविपल गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर