• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

लकडाउनको कहरमा रूम नम्बर १०५ कि यौनकर्मीको कथा

‘मैले बाथरुमको ढोका खोल्दा श्याम पनि ब्युँझिएछ । उ ब्युँझिनासाथ फेरि कामुक बन्यो । ‘सुमी आजको गुडमर्निङ गरौं न !’ म उसको पञ्जामा छु । नाई भन्ने कुरा भएन ।’

 

श्यामले भनेकाे थियो– ‘कोराना फैलिएला जस्तो छ । मान्छेहरु शहर छोड्दै छन् । आज मस्ति गरौं ।’ सधैं त मैले पनि रात बिताउने थिइन । श्यामले विशेष आग्रह गर्यो । यो रात गत चैत ९ को हो । साँझ साढे ७ बजे कोटेश्वरको ... होटलमा गएर रिसेप्शनमा बस्दै गर्नु भनेको थियो । त्यो होटलमा हामी प्रायः दिउँसो एकाध घन्टा बिताएर फर्किन्थ्यौं । 

रिसेप्शनमा पुग्दा नयाँ भाइ रहेछ । उसले मलाई चिनेन् । ‘दिदी कसलाई खोज्नु भयो ? खाना–साना बनाउने मान्छे पनि छैन । गेष्ट कोही पनि छैनन्’, रिसेप्शनको भाइले एकै सासमा होटलको जानकारी गरायो ।

गेष्ट कोही नभएकाले एक जना वेटर भाइ मोबाइलमा घोरिएको थियो । म बोलेको सुनेछ । ‘ए दिदी यतिबेला एक्लै ?’, वेटर भाइले चिन्यो र, सोध्यो । रिसेप्शनमा बस्ने भाइले भन्यो– ‘मुकुन्द भाइ दिदी सधैं बस्ने गेष्ट हो ?’

वेटरले टाउको हल्लाउँदै– ‘हो’ भनेर मलाई चिन्हित गर्यो ।

श्यामलाई फोन गरें । बिजीको रिङ्ग आयो । उसको मोबाइलमा मिसकल नोटिफेकेशन् थियो । एकछिनमा श्यामको फोन आयो । ‘सुमी बस्दै गर न ल ! माथि रुममा गएर नुहाउँदै गर । म एटीएममा पुगेर आउँछु । वानेश्वर जाममा छु । ए साँच्चै आज त रातभर हो अलि धेरै चाहिन्छ सामान छ कि छैन ? छेउँको पान पसलमा राम्रो खाले किन्नु’, श्यामले फोनमा भन्यो । उसले सामान भनेको कण्डम हो ।

दिउँसो म अर्को एक जना चिनजानकै ग्राहकसँग बसेकी थिए । उसको परफ्युम अलिक कडा थियो । उसको परफ्युमको गन्ध मेरो शरिरमा सल्किएको मेरै नाकले चाल पाइराखेको थियो । उसँगै दिउँसो एक बोतल बियर खाएकीले मुख गन्हाउँछ भनेर लशुन पनि चपाएको थिएँ । मलाई थाहा थियो श्यामलाई लशुनको गन्ध त्यति मन पर्दैन । उ मसँग पटक–पटक बस्ने भएकाले उसका धेरै आनिबानी थाहा छ । 

श्यामले फोन राख्दासाथ बाहिर निस्के । ‘दिदी बस्नु न जानु हुन्छ र ?’, रिसेप्शनबाट भाइले भन्यो ।

‘हैन भाइ एकछिन बाहिर उभिन्छु ।’

पान पसलमा गएर एउटा मिठा पान मगाएँ । एउटा कोलगेट र दुईवटा टुथब्रस । एउटा ब्रस मलाई तत्कालै चहिएको थियो । मुखको गन्ध श्याम आइपुग्दासम्म हटाउनु थियो । अर्को उसलाई र मलाई पनि भोली बिहान चाहिन्थ्यो नै ।

सधैं बस्ने अट्याचसहितको रुम नम्बर १०५ को चाबी मागे । त्यो रुम यता बाटोतिर छैन । बाटोतिर ठूला सवारी साधनका आवाजले रात बिताउन गाह्रो हुन्छ । गएर नुहाएँ । भर्खर कपाल पुच्दै थिएँ । ढोका ढकढकढक गर्यो । ‘को हो ?’ कतै वेटर भाइ आयो कि भन्ने शंकाले बाथरुमबाटै सोंधे । 

‘सुमी म हो’, श्यामको आवाज आयो । 

उसले मेरो शरिरका कुन अंग देख्न बाँकी थियो र ! टावल बेरेर चुक्कुल खोलेँ ।

मलाई देख्नासाथ मुसुक्क मुस्कुराएर हेलमेट र झोला सोफामा राख्यो । म बाथरुमतिर छिर्दैं थिएँ । उ एकाएक नाङ्गै भएर निक्कै उत्तेजित मुहारमा देखियो । मैले भित्र कपडा फेर्न चुक्कुल लगाउन खोज्दै थिएँ । उसले एक्कासी चुक्कल नलगाउनु भन्दै बाथरुम छिर्यो ।

मैले बेरेको टावल खोलेर ढोकामा झुण्डायो श्याम आफैले निकालेर । एक्कासी मसँग जोडियो । लामो स्वास फेर्दै उसले ५ मिनेट जति ओठ र जिब्रो चुस्यो । म पनि निक्कै उत्तेजित भइसकेकी थिएँ । 

एक्कासी उसले हात तल लग्यो । 

मैले ‘नाई खाली त ।’ हुन्न भनें ।

श्याम बेहोसी जस्तै भएर झन् ठूलो स्वास झिकेर नसुने झैं गर्यो । काम सकेपछि दुबै जनाले फेरी साबुन लगाएर हेराहेर गर्दै नुहाईंधुवाई गर्यौं । 

‘हा काली संसार यस्तै हो । आज केटाकेटी र आमा सबैलाई गाउँ पठाएँ । कोरानाले लाने हो कि ? अब सरकारले लकडाउन लगाउला जस्तो छ’, श्यामले भन्दै गयो– ‘आज त रिल्याक्स गर्ने हो ।’

मैले लकडाउन भन्ने खासै भेउ पाउन सकिन । ‘अब, त झन् मजा हुन्छ नि तपाईंको बुढी, केटा–केटी गाउँ गएको भए त’, मैले भनेँ । 

श्याम हाँस्यो । ‘तिमी अत्तरखेल बस्ने, भक्तपुर कटुञ्जे बस्ने म । कसरी हुन्छ र भेट ? लकडाउन भनेको नेपाल बन्द र कर्फ्यु भन्दा झन् कडा भन्छन साथीहरु । हिजो सरकारले काम परे मात्रै बाहिर निस्किने, हुलमुलमा नजाने भनिसकेको छ’, श्यामले भन्यो ।

जे–जस्तो भए पनि ग्राहक त पाइएला भन्ने भयो । मैले केही जवाफ दिइन । लकडाउन बुझे पो ?
.........
लकडाउन नबुझ्दा 
चैत १० गते बिहान ८ बजेतिर ब्युँझिए । बेलुका पिएको रेडवाइनले घाँटी पुरै सुख्खा । एक बोतल मिनिरल वाटर सक्दा पनि तिर्खा मरेन । श्याम ब्युँझिएको थिएन । बाथरुम गएर मुख धोएँ । राती पिएको वाइनको ह्याङओभर निक्कै थियो । टाउको ग्रहुँगो । आफ्नो स्वास आफैंलाई गन्हाएको थियो । मैले बाथरुमको ढोका खोल्दा श्याम पनि ब्युँझिएछ । 

उ ब्युँझिदासाथ फेरि कामुक बन्यो । ‘सुमी आजको गुडमर्निङ गरौं न !’

म उसको पञ्जामा छु । नाई भन्ने कुरै भएन ।

उ पूर्ण सन्तुष्ट थियो । सबै काम सकेर सरसफाईपछि त्यस्तै साढे ९ बजेतिर हामी होटलबाट निस्किएऊँ । उ मोटरसाइलमा भक्तपुरतिर लाग्यो । म कोटेश्वर आकाशे पुलमा बस कुरेँ । १० मिनेट कुरेपछि गोकर्णेश्वर यातायात आयो । चढेर चाहविल चोकसम्म पुगेँ । त्यहाँबाट बिजुलीबाट चल्ने ट्याम्पो चढेर अत्तरखेल चोकमा झरेँ । मेरो छेउँका सिटमा बसेकालाई बेलुका पिएको वाइनको गन्धले डिस्ट्रव गर्ला भनेर सलले मुख पुरै छोपें ।

साढे १० बजेको थियो । मेरो रुमको तल्लो सटरमा हेलम्बुको शेर्पेनी दिदीको भट्टी पसल छ । सधैं दुःख, सुखमा भोको प्यास मेटाउने ठाउँ त्यही हो । ‘ए बहिनी बाहिरै बस्यौ आज ? आब त, पसल पनि सबै बन्द हुने भन्छ । मासु पनि बल्ल–बल्ल पाएँ । तोङ्बा ल्याईदिने बहिनी पनि गाउँ गएछ । आज फोन गरेको’, ती शेर्पेनी दिदीले एकै सासमा भनिन् ।

एक बल्स बफको पिरो थुक्पामा कागती निर्चन लगाएँ । बेलुकाको ह्याङ्ले छोडेको थिएन । एक क्वाटर भर्जिन र एक बोतल कोक मगाएँ । सूर्य चुरोट रहेनछ । दुई खिल्ली बिजुली चुरोट सकें । तातो, पिरो थुक्पाले बिहानै नुहाएका कारण अनुहारमा पसिना खलल आयो । 

श्यामले ५ हजार दिएको थियो । पहिलेको तिर्न बाँकी हिसाब भएकाले शेर्पेनी दिदीलाई १ हजार रुपैयाँ दिएँ । रुम उक्ले । रातभर वाइनको नशा, श्यामको बलियो शरिरका कारण मेरो जिउ पुरै दुखेको थियो । भर्जिनले ह्याङओभरलाई छोप्न शुरु गर्यो झुम्म भएँ । ओछ्यानमा पल्टिएर यसो डाटा खोलेर टिकटक हेर्दै थिएँ, निदाएछु ।

ब्युँझिएर यसो मोबाइल हेर्दा साँझ साढे ७ बजेको थियो । हा भनेर एउटा खुकुरी चुरोट सल्काएर तानेँ । टाउको उस्तै ग्रहुँगै थियो । भोकै सुतेँ । ११ गते बिहान ७ बजेतिर ब्युँझिए । भोक लागेको थियो । ८ बजेसम्म बाहिरी माहौल सुनसान देखेँ । साढे ८ तिर शेर्पेनी दिदीको भट्टीमा गएर केही बनाउन लगाउँछु भनेर ओर्ले । तर, सटर बन्द ।

उनी सटर भित्रको कोठामा बस्छिन । ‘दिदी...’ भनेर बोलाएँ । उनले भनिन्– ‘लकडाउन रे बहिनी बिहानै पुलिस आएर सटर नखोल्न भनेर पल्लो दुध पसलेलाई समेत हप्काएर गएको छ ।’

‘मलाई त भोक लागेको छ । के बनाइदिनु हुन्छ लौ न’, दिदीलाई भने ।

‘बाहिर सटर खोल्न मिल्दैन । भित्रको सानो ढोका खोलेर बनाईदिन्छु । चाउमिन बाँकी छ फ्रिजमा । मासु पनि छ, ग्राहक त आएनन्’, दिदीले भनिन् । 

बफ चाउमिन बनाइदिइन । खाएर हिसाब सबै राख्नुस् दिदी भनेर रुममै गएँ । मध्यान्ह भयो कुनै पनि ग्राहको फोन आएन । ग्राहकहरु यस्ता हुन्छन किन भेट हुँदा फोन नम्बर दिन्छन । कि लाग्दैन । लागे पनि सही नाम भन्दैनन् । श्याम नियमित ग्राहक हो र पनि उसको सक्कली नाम के हो थाहा छैन । के काम गर्छ सोधेकी पनि छैन ।

एक मनले सोंचे ‘म त के कम कि छु र ? ती मोराहरु एकछिनका न हुन । मैले पनि सक्कली नाम त कहाँ भनेकी छु र ?’

फागुनको भाडा तिरेकी थिइन । २५ सय घरबेटीलाई दिएँ । साथमा त्यस्तै १२ हजार रुपैयाँ जति थियो । ग्राहक पाइन्छ, नयाँ वर्षमा झन् रमाईलो हुन्छ भन्ने आशमा शेर्पेनी दिदीको भट्टीको सानो ढोका खोल्दै तोङ्बा, मासु एक हप्तासम्म त मज्जाले खाइयो ।

लकडाउन बढेको खबर आयो । ६ महिनाअघि भरेको सिलिण्डर थियो । कहिलेकाही पकाउने । तल भट्टीमा पनि सामान निख्रिइयो । पल्लो घरको सटरमा खाद्यन्न पसल खुला भएकाले १० किलो चामल, २ किलो दाल, एक पोका तेल, एक किलो नुन किनेर लिएर आफैं पकाएर खान थाले । साँझ रक्सी पिउन मन लाग्ने । शेर्पेनी दिदीको भट्टीमा हुँदासम्म त्यहीँबाट लिएर खाएँ ।

अब, भट्टीमा रक्सी पनि सकियो । मसँग पैसा पनि सकियो । डाटा प्याकेज लिएर युट्युव हेरेर बस्नु बाहेक अरु विकल्प केही भएन ।

आज ५० दिन पुग्दासम्म एक जना ग्राहक सम्पर्कमा आएका छैन । बरु युट्युवमा इन्द्रेणीको कृष्ण कँडेलले चाहविल गोपीकृष्ण हल छेउँमा राहात बाँडन आउने भन्ने हेरें । त्यहाँ गएर राहत लिन गएँ । तर, त्यो दिन ठूलो पानी पर्यो । फेरी नागरिकता देखाउनु पर्ने, अनुहार भिडियोमा देखाउनु पर्नेरहेछ । हस् मरोस् भनेर भिज्दै फर्किएँ ।

गाउँ जाने गाडीको व्यवस्था छ भन्ने पनि सुनेँ । तर, गाउँमा पनि त खासै मेरो को छ र ? म गाउँबाट कसरी आएर यस्तो पेशामा लागेकी छु भन्ने मेरो आत्मालाई थाहा छ । यी सबै कुरा यहाँ किन भनिराखुँ र ? ग्राहकको फोन लागे पनि आउन सक्ने अवस्था छैन ।

जे सुकै होस् भनेर आधा ताेलाको सिक्री थियो । ती शेर्पेनी दिदीको चिनजानका मान्छेकहाँ राख्न लगाएर १८ हजार झिकेर मस्त खाइरहेकी छु ।

म यो पेशामा लागेर यसैगरी बाँचेको साढे ३ वर्ष भयो । यसपाली भने अचम्मै भयो । जुन पींडाले यो पेशामा हाम फालेँ, एक मनले पछि बुढी भए के गर्ने होला भन्ने चिन्ता थियो हिजो । अहिले त, हिस्सी परेकी जसलाई पनि लोभमा पार्न सक्ने अनुहार शरिरका अंग भएर के गर्ने ! यो जोवान बुढी नहुँदै कोरोना भाइरस (कोभिड–१९)को भोकमरीले लान्छ कि भन्नेमा पुगेकी छु ।

(यौनकर्मीहरुको अधिकारका निम्ति काम गर्ने एक गैरसरकारी संस्थाकी अधिकारकर्मीसँग लकडाउनको कहरमा परेकी यौनकर्मी ‘सुमी’ले सुनाएको वास्तविक दारुण कथा हो यो । यौनकर्मी ‘सुमी’ र उनका ग्राहक ‘श्याम’ परिवर्तित नाम हो ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर