• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

हिम्मतवाली छोरी, जसले बिरामी बुबाकासाथ हजार किलोमिटरको यात्रा ७ दिनमा पुरा गरिन् 

एजेन्सी । लकडाउनमा आप्रवासी मजदुरहरु कठिन परिस्थितमा पनि आफ्नो घर फर्किरहेका छन् ।  यो प्रक्रिया चलिरहेको छ  । धेरै मानिसहरु पैदन नै लामो यात्रा  तय गरिरहेका छन् ।  यो क्रममा कसैको हिम्मत बीचमै टुटेको छ त कसैको शाहले नयाँ उर्जा थपिदिएको छ ।  सामाजिक सञ्जालमा यस्ता धेरै तस्बिरहरु देखिन्छ जो कडा संर्षको साथमा आफ्नो घर फर्किरहेका हुन्छन् । 

यसैबीच अर्को एक तस्बिर सार्वजनिक भएको छ । जसमा १५ वर्षकी ज्योती आफ्नो बिरामी बुबालाई साइकलमा राखेर हरियाणाको गुडगाउँबाट बिहार दरभंगा गाउँ फर्किन् । ती बालिकाले बाटोमा धेरै समस्याको सामना गर्न पर्यो । तर पनि उनी आफ्नो यात्रामा लगातार खट्टिरहिन् । २ दिनसम्म भोकै हिड्नु परेपनि हिम्मत हारिनन् । 

ज्योतीले सात दिनमा एक हजार किलोमिटर पार गरिन् । उनीले थकाइको सयमा सडकको किनारामा आराम गरिन् । ज्योतिको बुबा गुडगाउँमा रिक्सा चलाउने काम गर्थे ।  तर उनी एकदिन दुर्घटनामा परे । उनी दुर्घटना परे लगतै लकडाउन जारी भयो । यही कारण उनीहरु गाउँ फर्कन बाध्य भए । यतिबेला ज्योतिको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । यति सानो उमेरमा उनको आँट र भरोसा देखेर मानिसहरुले उनको प्रसंसा गरिरहेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर