बागमती प्रदेशसभा बैठक जेठ १२ देखि सुरु हुने, सुरुङमार्ग प्रस्ताव हुने

हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक जेठ १२ गतेदेखि सुरु हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । 

बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो । 

त्यस्तै, प्रदेश सभाको छैटौं अधिवेशवनबाट संघीय सरकारलाई प्रदेशले संयुक्त रुपमा सुरुङ मार्ग निर्माणको प्रस्ताव गर्ने भएको छ। सोमबारको बैठकले जेठ १२ गते बोलाइएको बैठकमा पोष्टबहादुर सुरुङमार्ग (भीमफेदी–कुलेखानी) लाई राष्ट्रिय योजना आयोगमा पहिलो प्राथमिकता परियोजनाको रुपमा समावेश गरिने प्रस्ताव गर्ने निर्णय गरेको छ।

बैठकमा लकडाउनको पूर्ण पालना गरी भौतिक दूरी कायम गरेर प्रदेशसभा बैठक बस्नेगरी तयारी भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर