• मंगलबार २-१३-२०७७/Tuesday 05-26-2020/ 02:54 pm

प्रवासी नेपालीहरुलाई बैध बाटोबाट लिए कोरोना संक्रमण रोकिन्छ 

अहिले तीब्र गतिमा फैलिएको कोरोना सङक्रमण भारतबाट अबैध ढंगबाट आएका नेपाली प्रवासीहरुमा देखिएको छ । भारतबाट सुरक्षित र बैध ढंगबाट नेपाल ल्याउनु पर्दछ । उनीहरुको प्रभावकारी ढंगबाट स्वास्थ्य जाँच गरेर आवश्यकता अनुसार क्वारेन्टाइनमा राख्दा सङक्रमणको जोखिमलाई कम गर्न सकिनेछ ।

सम्भवतः २०७६ साल चैत्र १८ गतेको राष्ट्रिय समाचार समिति (रासस)ले ‘भारतको हरियाणाबाट साईकल चलाएर नेपालमा’ भन्ने शिर्षकमा एउटा समाचार प्रकाशित गरेको थियो । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका कलुवापुर निवासी राना समुदायका एक जना युवा भारतको हरियाणामा होटलमा काम गर्थे । भारतले लकडाउनको घोषणा गर्यो । होटलहरु बन्द भए । ती युवा होटलमा नै बस्थे । होटल बन्द पछि निजलाई होटलबाट निस्कनु पर्ने बाध्यता आई लाग्यो । बाहिर बस्न सक्ने बिकल्प थिएन । होटलबाट  पाएको थोत्रो साइकल चलाएर उनी हरियाणाबाट हिडे । हरियाणाबाट लगातार सात दिनको कष्टकर साइकल यात्रा गरेर उनी महेन्द्रनगर  आई पुगे ।

भारतमा लकडाउनपछि दिल्लीको एउटा पसलमा कार्यरत नेपालीको रोजगारी पनि सकियो । श्रीमती सुत्केरी भएको आठ दिन मात्र भएको थियो । काम र पैसाको अभावमा परिवारसहित दिल्लीमा बस्न सम्भव थिएन । ८ दिनको सुत्केरी श्रीमती र बच्चासहित ती नेपाली पैदल हिडेर लगातार चार दिनको पैदल यात्रा पछि नेपालको सीमाना गड्डा चौकी आईपुगे ।

लकडाउनले नोकरी खोसिए पछि ४ महिनाको गर्भवती श्रीमती लिएर मुम्बईबाट हिडेका एक जना बझाङ्ग निवासी सीमाना बन्दका कारण नेपाल आउन पाएनन् । उत्तर प्रदेशस्थित रामपुरको क्वारेन्टाइनमा उनीहरुलाई राखियो । मापदण्ड बिपरीतको क्वारेन्टाइनमा अव्यवस्थित बसाई, पोषिलो खानाको अभाव निरन्तरको मानसिक तनावका कारण महिलाको क्वारेन्टाइनमै गर्भ तुहियो । तर दुःखद कुरा त्यस्तो संवेदनशील अवस्थामा पनि ती महिलाले उपचार पाउन सकिनन् । क्वारेन्टाइनबाट मुक्त त भए तर रोगी शरीर लिएर नेपाल आउनु पर्यो ।

भारतको उत्तराखण्डस्थित हलदुवानी क्वारेन्टाइनमा राखिएका नेपालीहरु एक्कासी राती १२ बजे त्यहाँबाट निकालिन्छन् । झण्डै ९० किलोमिटर पैदल हिडेर उनीहरु कञ्चनपुर जिल्लाको महाकाली नगरपालिकासँग सीमा जोडिएको बाबास्थान आई पुग्छन् । तर, भारतीय सुरक्षाकर्मीहरुले नेपाल प्रवेश गर्न दिएनन् । त्यहाँबाट नेपाल प्रवेश नपाएपछि उनीहरु २५ किलोमिटर पैदल हिडेर राती बनवासा आईपुग्छन । उनीहरुलाई नेपाल प्रवेश गर्न दिनुको सट्टा राती जंगलमा लगेर भारतीय सुरक्षाकर्मीहरुबाट निर्घात रुपले कुटपीट गरेर भारततिर लखेटने काम हुन्छ ।

यी त केही प्रतिनीधि मुलक हृदयविदारक घटना मात्र हुन । भारतमा नेपालीहरुले लकडाउनका कारण दुःख पाएका असंख्य घटनाहरु छन् । भारतमा नेपालीहरुका दुःख पीडा हेर्दा यस्तो लाग्छ मानौ उनीहरु राष्ट्रविहिन छन् । त्यसैले नेपालको सरकारले न त उनीहरुको पीडा देख्छ, न त अनुभूति नै गर्दछ । तर भारतबाट यिनै नेपालीहरुले वैध च्यानल मार्फत् वार्षिक १ खर्व रुपैयाँ रेमिट्यान्स पठाउने गर्दछन । जसबाट नेपालको आर्थिक विकासमा योगदान पुर्याउँदै आएका छन् । 

भारतमा लाखांै नेपाली श्रमिक दैनिक जस्तो नै यस प्रकारका घट्नाबाट पिडित छन् । लकडाउनका कारण आफ्नो रोजगारी गुमाएका छन् । भारतको आधार कार्ड नभएका कारण कैयौं नेपालीहरु भारत सरकारबाट पाउनु पर्ने सामान्य प्रकारको राहतबाट समेत बञ्चित भएका छन् । छोराछोरीलाई खानाको व्यवस्था गर्न नसकेका कारण उत्पन्न हिनताबोधले नेपालीहरु आत्महत्या गर्नसम्म विवश भएका छन् । गुजरात बस्दै आएका अछाम जिल्ला बान्नेगडा निवासी एक जना युवाले खानाको जोहो गर्न नसकेको कारण आत्महत्या गरेका थिए ।

नेपालीहरु भारतमा रोगका कारण भन्दा भोकका कारण मर्ने स्थिति उत्पन्न भई रहेको छ । त्यसैले विभिन्न प्रकारको जोखिम उठाएर आफनो देश आउँने कोशिस गरि रहेका छन् । तर दुईवटै देशबीचको अन्तर्राष्ट्रिय सिमानाका बन्द भएको र नेपाल सरकार पनि आफ्ना नागरिकको समस्याप्रति सम्वेदनशील नभएका कारण सिमानाकामा नेपालीहरुले भयंकर दुःख पाउनु परेकोछ ।

निश्चितरुपले सम्पूर्ण विश्व मानव समाज कोरोना महामारीबाट पीडित छ । विश्वमहामारीको यस प्रकारको जटील अवस्थामा विश्व स्वास्थ्य सङगठनको प्राटोकल अनुसार जो जहाँ छ, त्यहीँ सुरक्षित बस्ने हो । त्यस्तो अवस्थामा सम्बन्धित मुलुकको सरकारले पनि आफ्नो राज्यमा बसिरहेका प्रवासीहरुको समेत सम्पूर्ण व्यवस्था गर्नुपर्ने साझा दायित्व हुन आउँछ । तर, भारतले न त विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकल अनुसारको साझा दायित्व निर्वाह गर्न तयार छ, न त समस्यामा परेका आप्mना नागरिकलाई स्वदेश ल्याउन् सरकार तयार छ । यो अवस्थामा भारतस्थित नेपालीहरु थप जटील समस्यामा परेका छन् ।

भारतमा कैयौं नेपालीहरु बस्नै नसकने अवस्थामा पुगेका छन् । सरकारले उनीहरुलाई स्वदेश ल्याउनुको कुनै विकल्प नै छैन । भारतमा समस्यामा परेका आफ्ना नागरिकलाई स्वदेश ल्याउन सके मात्र सरकारले रोगको सङक्रमण फैलिनबाट रोक्न प्रभावकारी कदम चाल्न सकदछ । आज नेपालमा तीब्र गतिमा फैलिई रहेको सङक्रमणको मुख्य कारण भारतबाट अवैध ढंगबाट नेपालीहरु नेपाल प्रवेश गर्नु पनि रहेको छ । त्यसैले भारतमा भएका नेपालीहरुलाई सुरक्षित र वैध ढंगबाट नेपाल ल्याउनु पर्दछ । सिमानाकामा उनीहरुको प्रभावकारी ढंगबाट स्वास्थ्य जाँच गरेर आवश्यकता अनुसार एकान्तवास, क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा पठाएर सङक्रमणको जोखिमलाई कम गर्न सकिनेछ ।

भारतसहित विश्वका विभिन्न मुलुकमा ठूलो संख्यामा नेपालीहरु कार्यरत तथा अध्ययनरत छन् । कैयौं मुलुकमा अध्ययनरत नेपाली विद्यार्थी तथा कार्यरत नेपालीहरु स्वदेश फर्किनका लागि सरकारसँग माग पनि गरिरहेका छन् । कतिपय मुलुकले आफ्ना नागरिक लैजान नेपाललाई पत्राचार गरिसकेको छ । भारत बाहेक अरु मुलुकमा भएका नेपाली नागरिकलाई ल्याउनका लागि नेपालले तयारी पनि शुरु गरिसकेको छ । विदेशमा भएका आफ्ना नागरिकलाई स्वदेशमा ल्याउन प्रतिनीधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन समेत दिएको छ ।

विदेशमा भएका नेपालीहरुलाई स्वदेश ल्याउनका लागि नेपालीहरुले भोगिरहेको समस्याका आधारमा प्राथमिकीकरण गर्नु जरुरी छ । भारतमा भएका नेपालीहरुले भयानक दुःख ब्यहोर्नु परिरहेको छ । उनीहरुलाई स्वदेश फर्काउँदा राज्यमाथि ठूलो धनराशीको बोझ पनि पर्दैन । त्यसैले सर्वप्रथम भारतबाट नेपालीहरुलाई स्वदेश ल्याउन प्राथमिकता दिऔं ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रेट्न केही बाँकी छाडेको थियो सायद छुराले

  • १० जेठ, २०७७

यता भास गहिरो उता डिल छ सायद जहाँ छु, त्यहीँ अड्न मुश्किल छ सायद बन्दाबन्दीले जीवन जर्जर भयो । कोरोना समयका बदनाम छालहरूले मलाई हुत्याएर आफ्नै

अब सम्भावित नाकाबन्दीको लागी तयार बनौं !

  • १० जेठ, २०७७

वि.सं २०७२ मा भूकम्पले नेपालीहरु पीडित भइराखेको अवस्थामा भारतले आफूले भने जस्तो गरि नेपालमा संविधान जारी नभएको भन्दै अघोषित रूपमा नाकाबन्दी गरेको

कालापानी मुद्दालाई यसरी गर्न सकिन्छ अन्तर्राष्ट्रियकरण 

  • ९ जेठ, २०७७

हामीले भारतबाटै पाठ सिक्नु परेको छ । चीनसँगको सीमा विवादमा भारतले अन्तर्राष्ट्रियकरण गरेको थियो । भारतले पाकिस्तानमा पक्राउ परेका आफ्ना एक सैनिक