• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कोभिड–१९ सँगै भर्चुअल कक्षाले क्याम्पसको अनुभवलाई सधैंका लागि परिवर्तन गर्ला ? 

अनलाइन उच्च शिक्षाको रुपमा व्याख्या गरिँदैछ, वास्तवमा यी मध्ये धेरैजसो यस्तो छैन । जस्तो कि पूर्वानुमान गरिएको छ, इँटाको पर्खालले बनेको क्याम्पसहरुलाई भर्चुअल कक्षाहरुमा स्थायी परिवर्तन गर्न सक्छ । यद्यपि, धेरैजसो संकेतले यो सम्भवतः नहुने देखाउँछ ।

न्यूओल्यान्डस्थित लोयोला विश्वविद्यालयका एक प्राध्यापकले ‘बाथरोप’(स्नान वस्त्र) लगाएर हातमा वाइनको ग्लास लिएर आफ्नो आँगनबाट पहिलो पटक ‘भर्चुअल’ कक्षामार्फत् अध्यापन गरे । इस्टन पेनस्थित लफायटी कलेजले कार्डबोर्ड र रबर ब्यान्डको उपयोग गरेर घरमै डकुमेन्ट क्यामेरा बनाउने प्रशिक्षण गर्यो । 

न्युयोर्क क्लिन्टनस्थित हामिल्टन कलेजले फ्याकल्टी सदस्यहरुका लागि ड्राइभ–अप वाईफाई स्टेशन स्थापित गर्यो, जसको कनेक्सन इन्टरनेटमा सामग्री अपलोड गर्नका लागि पर्याप्त सक्षम थिएन । र भर्जिनिया टेकका एक संगती विज्ञानको पाठ्यक्रममा छात्राहरुलाई टिकटक भिडियो बनाउन भनियो । 

कोरोना महमारीका कारण आएका व्यबधानले क्याम्पस तथा विश्वविद्यालयमा बेतुकदेखि सरलसम्मका संयुक्त प्रतिक्रियालाई उजागर गरेको छ । जो भिडियो कन्फ्रेन्स चेकबोर्डमा आफ्ना विद्यार्थीहरु सानो तस्विरमा देखिए वा कपाल काट्नुपर्ने आवश्यकताका बाबजुद पनि शिक्षणलाई जारी राख्नका लागि संघर्ष गरिरहेका छन् ।

तर जब यसलाई व्यापक रुपले अनलाइन उच्च शिक्षाको रुपमा व्याख्या गरिँदैछ, वास्तवमा यी मध्ये धेरैजसो यस्तो छैन । जस्तो कि पूर्वानुमान गरिएको छ इँटाको पर्खालले बनेको क्याम्पसहरुलाई भर्चुअल कक्षाहरुमा स्थायी परिवर्तन गर्न सक्छ । यद्यपि, धेरैजसो संकेतले यो सम्भवतः नहुने देखाउँछ ।

‘जब हामी अनलाइन शिक्षाको बारेमा कुरा गरिरहेका छौं भने त्यो हामीले सिक्ने शैलीलाई परिवर्तन गर्नका लागि डिजिटल प्रविधिको उपयोग गरिरहेको हुन्छौं’, डर्टमाउथ टक स्कूल अफ बिजनेसका प्राध्यापक भिजय गोभिन्दराजन भन्छन्– ‘अहिले जे भइरहेको छ त्यो होइन । हामीले कक्षा कोठामा जे गरिरहेका हुन्थ्यौं त्यो अब ‘जुम’(भिडियो एप) मार्फत् गुर्नपर्छ ।’

विशेषज्ञहरुले संकायमा अनलाइन टुल सहभागी हुनसक्छन्, जसमा धेरै जसोको पहिलो प्रयोग हुनसक्छ, भनिए पनि यसका केही महत्वपूर्ण दीर्घकालीन प्रभाव हुनेछ । र विद्यार्थीहरु एक लचिलो प्रकारको सिकाईको अनुभव गरिरहेका छन् । उनीहरु आफूलाई अन्डरग्राजुएटको रुपमा मन नपराउन सक्छन् । तर स्नातकको उपाधि प्राप्त गर्ने समयमा फिर्ता आउँन सक्छन् । 

यी ट्रेन्डहरुले उच्च शिक्षालाई परिवर्तन नगर्न सक्छ, तर उनीहरु यसमा प्रविधिको एकीकरणमा गति बढ्न सक्ने सम्भावन राख्छन् । 

‘पहिले हामी के गरिरहेका थियौं भन्ने परिपुरक गर्नका लागि यस सेमेस्टरमा यी अनलाइन संसाधनको उपयोग गर्ने आशालाई बढाउने सम्भावना छ । यो क्रान्तिकारी तरिका होइन, एक विकासवादी तरिका हो’, रोचस्टर विश्वविद्यालयमा अनलाइन सिकाईका उपाध्यक्ष एरिक फ्रेड्रिक्सन भन्छन् । 

वास्तविक अनलाइन शिक्षाले विद्यार्थीलाई उनीहरुको आफ्नै गतिमा अघि बढ्न सहयोग गर्छ र यसमा निरन्तर मूल्यांकनको रुपमा यस्ता विशषेताहरु सहभागी छन्, त्यसैले जति छिटो कुनै सीप हाँसिल गर्छन् उनीहरु त्यति नै अगाडी बढ्न सक्छन् – डाक्टर फ्रेड्रिकसेन र अन्यको भनाई छ । 

एक वास्तविक अनलाइन पाठ्यक्रम वा कार्यक्रमको अवधारणा, योजना बनाउनु, डिजाइन गर्नु र विकसित गर्नमा एक वर्षको समय खर्च हुनसक्छ । जसमा निर्देशात्मक डिजाइनहरुका साथ संकाय प्रशिक्षण तथा सहकार्य र प्रायः विद्यार्थी अभिविन्यास र एक जटिल प्राविधिक ढाँचाको आवश्यकता पर्छ ।

जब हामी यसो गर्न सफल हुन्छौं आश्चार्यजनक हुँदैन, यसले सात वा आठ दिनभन्दा बढी समय लाग्ने डाक्टर फ्रेड्रिकसन बताउँछन् । फेरी पनि अनलाइन सिकाईका क्रममा मानिसहरु केही गल्ती गरिहेका छन्ः जस्तै भिडियो कन्फ्ररेन्स कोठामा लामो कक्षा सञ्चालन हुनु, प्राध्यापकहरु बाथरोपमा उपस्थित हुनु, रबर र कार्डबोर्डको प्रयोग गरेर आफैंले उपकरण बनाउनु । यसले उनीहरुलाई कम खुल्ला बनाएको देखिन्छ । 

‘यसको निराशावादी दृष्टिकोण भनेको विद्यार्थीहरु यसलाई मन पराउँदैनन् र फेरि कहिल्यै गर्न चाहँदैनन्, किनकि उनीहरु ‘जुम’को प्रयोग गरेर ती तमाम कुरालाई पुनः उत्पादन गरिरहेका छन् । जो परम्परगत निष्क्रिय शिक्षक–केन्द्रित शिक्षण शैलीमा गलत थियो– इलिनोइस विश्वविद्यालयमा शिक्षा नीति, संगठन तथा नेतृत्वका प्राध्यापक बिल कोप भन्छन् । 

अन्डरग्राजुएटहरु पहिल्यैबाट भर्चुअल उच्च शिक्षाप्रति उदासीन देखिन्छन् । एउटा अनलाइन पाठ्यक्रममा जम्मा २० प्रतिशतले मात्रै भाग लिएको परामर्शदाता फर्म एडुभेन्चरको अनुमान छ । यदि उनीहरु यसलाई मन पराएनन् भने उक्त सेमेस्टरमा जे पाए त्यो पनि अवस्य मन पराउँदैनन् । 

अनलाइन परीक्षा तयारी दाता ‘वनक्लास’को करिब १३ सय विद्यार्थीमा गरेको एक सर्वेक्षणका अनुसार, ७५ प्रतिशत भन्दाबढीले उनीहरु एक गुणस्तरीय सिकाईको अनुभव प्राप्त गरिरहेको जस्तो नलागेको बताए । गत अप्रिलको प्रारम्भमा ‘निचेडटकम’ वेबसाइटले १४ हजार कलेज तथा स्नातक तहका विद्यार्थीहरुमा गरेको  एक अलग सर्वेक्षण गर्यो, जसमा ६७ प्रतिशतले अनलाइन कक्षाहरु प्रभावकारी नभएको बताए । 

एडुभेन्चर्सका अनुसार, गत डिसेम्बरमा कलेजसहितको हाई स्कूलका सिनियरहरुमा एक चौथाई जनाले आफ्नो कलेजको केही पाठ्यक्रमलाई अनलाइनमार्फत् लिनेसक्ने बताए । यद्यपि मार्चको अन्त्यसम्ममा हाई स्कूल बन्द भएपछि भर्चुअल निर्देशनको उनीहरुको अनुवभपछि भने १० मा एक जनाले आफूहरु अनलाइन कक्षाहरुमाथि विचार गर्ने बताएको निचेडटकमले जनाएको छ ।

यस्ता भावहरुले विद्यार्थीहरु साइबर स्पेसका लागि आफ्नो वास्तविक दुनियाँको क्याम्पसहरुलाई छोड्ने केही सम्भावना रहेको देखिन्छ । वास्तवमा यदि आवासीय क्याम्पस तथा विश्वविद्यालयका लागि यस स्थितिमा चाँदीको अस्तर छ भने विद्यार्थीहरु क्याम्पस जीवनमा गरिने दैनिक वास्तविक क्रियाकलापहरुको जिम्मेवारी लिँदैनन् । आम्ने–साम्ने कक्षा, सांस्कृतिक विभाजन, पुस्तकालय, खेलकुद, अतिरिक्त क्रियाकलाप, कार्यालय समयमा र सहपाठीहरुसँग सामाजिक अन्तरक्रिया आदि । 

‘कुनै पनि आवासीय शिक्षाको सुन्दरता मानिसका लागि त्यति पारदर्शी कहिले रहेन’, वेस्लेयन विश्वविद्यालयका अध्यक्ष माइकल रोथ भन्छन् । तर वास्तविक अनलाइन ढाँचाका वकालत गर्नेहरुको भनाईमा विद्यार्थीहरुको मोबाइल प्लाटफर्मममा उनीहरुको आफ्नै सेड्युलमा कक्षा लिएको अनुभव उनीहरुसँग फिर्ता आउँनसक्छ । जब उनीहरु स्नातक वा व्यावसायिक शिक्षाका लागि अगाडी बढ््न तयार हुनेछन् । 

१८ वर्ष वरपर उमेर समूहका लागि अनलाइन उच्च शिक्षा एक पातलो आहार भन्छन् एडुभेन्चरर्सका मुख्य अनुसन्धान अधिकारी रिचर्ड ग्यारेट । ‘तर आजको १८ वर्षका किशोरकिशोरीहरु भोलीका २८ वर्षका वयस्क हुन् जोसँग परिवार र रोजगार हुन्छ, जो त्यतिबेला अनलाइन पनि उपयोगी हुनसक्ने महशुस गर्छन् ।’

शिक्षा र रोजगारबीचको सम्बन्धमा वकालत गर्ने एक संस्था स्ट्राडा एडुकेशन नेटवर्कद्वारा एक हजार मानिसमा गरिएको एक सर्वेक्षण अुनसार, यस महामारीपछि अझ बढी शिक्षा र प्रशिक्षणको आवश्यकताको आशा गरिरहेका आधाभन्दा बढी अमेरिकी वयस्कहरु अनलाइन कक्षा लिन सकिने बताउँछन् । 

जो विद्यार्थी अनलाइन कक्षाबाट लामो समयदेखि भागिरहेका थिए, उनीहरुले पनि यस सेमेस्टरमा कुनै न कुनै रुपले सहभागी हुनु पर्नेछ र उनीहरुको अनुभवबाट धेरै कुरा सिक्ने माइकल मोइ बताउँछन् । माइकल मोई प्राविधिमा आधारित शिक्षामा केन्दिय्र संस्था जिएसभी एसेट म्यानेजमेन्टका मुख्या कार्यकारी हुन् । 

‘डिजिटल सिकाईमा विद्यार्थीका साथ संकायलाई पोखरीको गहिराइमा फ्याकियो र तैरिन भनियो’, मोइ मन्छन्– ‘कोही डुब्नेछन्, कोही पोखरीको किनारामा बामे सर्दै बाहिर निक्लनेछन्, त्यसपछि उनीहरु फेरि कहिल्यै उक्त पोखरीमा जाने छैनन् । तर, यसमा धेरैजसोले कसरी माथि तैरिने, कसरी पौडिने र कसरी तैरिरहेने भनेर थाहा पाउनेछन् ।’

यदि यसमा कोही माथि उठ्छ भने यो ‘एड–टेक’(प्रविधि शिक्षा) क्षेत्र हो । कन्सल्टिङ फर्म प्रोडक्टिभका अनुसार, यस्ता कम्पनीहरुले यस सेमेस्टरमा ७० प्रतिशतभन्दा बढी स्कूल तथा कलेजलाई बिना शुल्क वा छुटमा उत्पादन र सेवा दिने प्रस्ताव गरिरहेका छन् । 

‘प्रशासन र शिक्षकहरु आफ्नो दृष्टिकोणलाई फेरि परिभाषित गरिरहेका छन्’, शैक्षिक प्रविधिका क्षेत्रका लगानी गर्ने कम्पनी टिपिजीका जोन रोगर्स भन्छन्– ‘त्यो वास्तवमै फरक निर्माता हो । यी उपकरणहरुलाई अपनाउने गतिले विस्तारै रफ्तार लिनेछ ।’

जबसम्म बाहिरी झट्काले उनीहरुलाई परिवर्तन हुन बाध्य गराउँदैन तबसम्म मानिसहरु नयाँ अवधारणाको विरोध गर्ने प्राध्यापक डाक्टर गोभिन्दाराजन बताउँछन्  । उनी दोस्रो विश्वयुद्धले महिलाहरुलाई रोजागरमा परिवर्तन गरिदिएको एक उदाहरण प्रस्तुत गर्छन्, उक्त काम परपम्परागत रुपमा पुरुषले मात्रै गर्दै आएका थिए । ‘हामी अहिले त्यस्तै प्रकारको विभक्ति बिन्दुमा छौं’, उनी थप्छन् ।

विश्वविद्यालयहरुले यस सेमेस्टर(सत्र)मा कुन–कुन अनलाइन कक्षाहरुले प्रभावकारी रुपले शिक्षा प्रदान गरे भन्नेबारे विचार गर्नुपर्ने उनी बताउँछन् । अनलाइन पाठ्यपुस्तकसँगै ठूलो परिचयात्मक पाठ्यक्रमहरुलाई भिडियो रेकर्डद्वारा राम्ररी पढाउन सकिने उनको धारणा छ । 

‘एक ठूलो वार्तालापलाई सुरुवात गर्न यस क्षणको लाभ उठाऔ । हामीले यस अवसरलाई नगुमाउनुमै भलो छ’, डाक्टर गोभिन्दाराजन भन्छन् । यस सामाग्री कोरोनाभाइरस महामारीका दौरान अनलाइन शिक्षाको चुनौतीहरुमा केन्द्रित न्यूयोर्क टाइम्सको ‘सिकाई विशेष रिपोर्ट’मा आधारित छ ।

–एजेन्सीको सहयोगमा ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर