कैलालीको गौरीफन्टा नाकाबाट १५ सय नेपालीको धमाधम उद्दार हुँदै

काठमाडौं । कैलालीको गौरीफन्टा नाकाबाट स्वदेश फर्किन एक हजार पाँच सय नेपाली पलिया आइपुगेका नागरिकको उद्दारकार्य सुरु भएको छ । 

भारतका विभिन्न स्थानमा ज्याला मजदुरी तथा अन्य काम गर्दै आएका एक हजार पाँच सय जना पलिया आइपुगेका थिए । उनीहरुलाई आजै सम्बन्धित स्थानिय तहको जिम्मा लगाइनेगरी उद्दार सुरु भएको हो । 

पलियामै रहेका बैतडीका नरेन्द्र चन्दले भारतका विभिन्न स्थानबाट बस तथा ट्रक मार्फत अहिले सम्म एक हजार पाँच सय बढि जना पलिया आइपुगेको जानकारी दिए । उनका अनुसार अझै हजारौँको संख्यामा मजदुरहरु आउने क्रम जारी रहेको छ । उनीहरुले स्थानीय प्रशासनसँग उद्दारको माग गरेका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा पलियामा रहेका साढे ९ सय मजदुरको उद्दार गरिएको थियो । अहिले सीमा क्षेत्रमा पुगेकाहरुलाई पनि उद्दार गर्न तयार रहेको तर सीमा नाकाबाट गन्तव्य पुगाएर क्वारेन्टाईनमा राख्ने व्यवस्था सम्बन्धीत स्थानीय तर र प्रदेश सरकारले गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै नेपालमा रहेका भारतीयहरु पनि सोही नाका हुँदै स्वदेश फर्किइरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर