• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

मेसी, टेर स्टेगन र डि जोङ बाहेक बार्साका सवै विक्रिमा

एजेन्सी । कोरोना भईरस पछिको संभावित आर्थिक संकट टार्न तथा क्लबलाई थप मजबुत बनाउन स्पेनिस लिग लिडर बार्सिलोनाले निर्मम निर्णय गरेको छ । स्पेनिस मिडिया मार्काका अनुसार बार्सिलोनाले आफ्नो स्क्वायडका मुख्य हतियार ३ खेलाडी बाहेक परि आएमा सवै बेच्न सक्ने सन्देश प्रवाह गरेको छ । बेच्न नचाहेका खेलाडीमा कप्तान लियोनल मेसी, गोल रक्षक टेर स्टेगन तथा डच युवा मिडफिल्डर फ्राङकी डि जोङ छन् । 

मार्काले द सनलाई कोड गर्दै लेखेको समाचार अनुसार बार्सिलोनाले आफ्नो खेलाडहिरु कप्तान जेरार्ड पिके, एन्टोनी ग्रिजम्यान तथा लुइस स्वारेज जस्ता खेलाडीलाई विक्रिमा राखेर क्लबको खातामा ठूलो धनरासी भित्र्याउने लक्ष राखेको छ । 

बार्सिलोनाले अहिले पनि खेलाडीहरुका लागि ६ सय मिलियन युरो भन्दा धेरै मासिक तलव वितरण गर्नु पर्दछ । 

ट्रान्सmर विण्डोमा भएको चर्चा अनुसार बोरुसिया डर्टमुण्डका युवा स्टार हल्याण्डले ईटालियन युभेन्टसको प्रस्ताव अस्वीकार गरेका छन् । उनलाई स्पेनिस रियल मड्रिडले समेत भित्र्याउन चाहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर