रामपुकारको तस्बिर मात्र होइन, कथाले पनि तपाईंलाई रुवाउँछ
एजेन्सी । लकडाउनको समयमा घर फर्किरहेका मजदुरको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । त्यही मध्येको एक भाइरल तस्बिर बिहारको बेगुसरायमा बस्ने रामपुकार पण्डितको पनि छ । जसमा उनी फोनमा कुरा गर्दै रोइरहेको देख्न सकिन्छ ।
सञ्चारमाध्यमहरुले जनाए अनुसार रामपुकार छोरोको मृत्युको खबर सुने मे ११ मा । उनी दिल्लीबाट पैदल नै बेगुसराय आफ्नो गाउँ तारा बरियारपुर निस्केका थिए । तर, उनलाई प्रहरीले यपी गेट नजिक दिल्ली यपी बोर्डरमै रोकिदियो ।
युपी प्रहरीले उनलाई पैदन हिड्नको लागि अनुमति दिइरहेको थिएन । न त रामपुकारसँग निजी गाडी बुक गरेर घर फर्कने पैसा नै थियो । उनीसँग रेलको टिकट अनलाइन बुक गर्न वा बिहारको सरकारलाई अनरोध गर्न स्मार्टफोन पनि थिएन ।
साधन र पैसाबिना उनी तीन दिनसम्म दिल्लीको युपी बोर्डरमा अड्किरहे । केही समयपछि रामपुकार एक सामाजिक कार्यकर्ताको सहयोगबाट स्पेशल ट्रेनबाट १५ मे दरभंगा आए । त्यहाँबाट उनी खोदानपुर स्थित क्वारेन्टाइनमा पुगे ।
.......
प्रहरीले रोक्यो, बदमासहरुले पैसा लुटे
सोमबार बीबीसीसँग फेनमा कुरा गर्दै रामपुकार उक्त तस्बिरको बारेमा भन्छन्– ‘छोरा ४ दिन अगाडि मरेको थियो । मैले उसलाई अन्तिम पटक त देख्न सकिन तर उसको तेह्रौं तिथीमा सहभागी भई पिता हुनुको कर्तव्य निभाउँन चाहन्थे ।’
प्रहरीले रोकेपछि म भौतारिदैं यताउताका मानिसहरुसँग मद्दत माग्न थाले । यसैक्रममा दुईजना व्यक्तिहरुले भने हामीलाई बोर्डर पास गराउँछौं भने । तर ती व्यक्तिहरुले मलाई कारमा राखेर कुटपिट गरे । मसँग जति बचेको पैसा थियो सबै लुटे ।’
उनी भन्छन्– ‘एक म्याडमजी रातमा खाना बाँड्दै आएकी थिइन् । उनले आफ्नो कार्ड पनि हामीलाई दिएकी थिइन् । उनलाई नै फोन गरेर म सबै कुरा भनिरहेको थिएँ त्यसैमा कसैले मेरो तस्बिर खिच्यो ।’
कुराकानीको क्रममा रामपुकार जुन महिलालाई म्याडम भनिरहेका थिए । उनको नाम सलमा फ्रान्सिस् हो । उनी एक सामाजिक कार्यकर्ता र दिल्लीको एक सामाजिक संगठनमा आबद्ध छिन् ।
सलमाको बारेमा रामपुकार भन्छन्– ‘उनी मेरो लागि आमा बुबा भन्दा ठूलो हुन् । जब सबैले मलाई धोका दिए उनले मलाई सहयोग गरेकी थिइन ।’
......
कसरी घर फर्किए रामपुकार ?
हामीले रामपुकारसँग सलमा फ्रान्सिस्को फोन नम्बर माग्यौं र उनीसँग कुरा गर्यौं । उनी भन्छिन्– ‘मैले रामपुकारलाई घर पठाउनको लागि स्पेशल साउथ इस्ट, दिल्लीसँग सहयोग मागें । उनीहरुले नै स्पेशल ट्रेनको टिकट मिलाई दिए ।’
हामीले प्रहरी स्पेशल सीपी साउथ इस्ट देवेश कुमारसँग पनि सम्पर्क गर्ने कोसिस गर्यौं तर उनीसँग सम्र्पक हुन सकेन ।
इन्डियन एक्सप्रेसमा प्रकाशित एउटा रिपोर्टमा पूर्वी दिल्लीका डिएम अरुण कुमार मिश्रलाई उद्धृत गर्दै भनिएको छ– ‘हाम्रो टिम जहिले पनि मैदानमा छ । रामपुकार पण्डितको बारेमा हामीले थाहा पाएपछि उनलाई रेलवे स्टेशनमा लग्यौं । उनी साँझको रेलबाट बिहारको लागि प्रस्थान गरे ।’
धेरै प्रयास र दुःख पछि रामपुकार आफ्नो गाउँको नजिक त पुगे । तर अझै आफ्नो घर पुगेका छैनन् । नियम अनुसार उनी हाल क्वारेन्टाइन सेन्टरमा छन् । उनको छोरोको तेह्रौं पनि बितिसक्यो ।
परिवारका सदस्यहरुसँग भेट गर्ने विषयमा उनी भन्छन्– ‘हिजो छोरी र श्रीमती मलाई भेट्न आएका थिए । उनीहरुले सत्तु, चुडा, गुड दालमोठ र औषधी ल्याएईदिएका थिए । तर उनीहरुसँग मेरो कुरा हुन सकेन । सबै समय रुँदैमा बित्यो । आँखामा हरेक समय छोरोको अनुहार घुम्छ । मरेको छैन जस्तो लाग्छ । यही साेंचेर आफंैलाई सान्त्वना दिन्छु । अब के हुन्छ थाहा छैन ।’
.......
कसम खाए फेरि दिल्ली जाने छैन
रामपुकार पहिले घरमै बस्थे । केही दिन उनले फेरीवाला काम गरेका थिए । पछि उनी इँट्टा भट्टामा बसेर काम गर्न थाले । तीन छोरीको जन्मपछि गतवर्ष उनको एक छोरा जन्मिएको थियो । त्यसपछि उनी कामको खोजीमा दिल्ली गएका थिए । यो समय उनको सानो भाइले परिवार सम्हालेका थिए ।
रामपुकार अब के गर्छन ? यस प्रश्नको जवाफमा रामपुकार भन्छन्– ‘पहिला क्वारेन्टाइन सेन्टरबाट घर त फर्कन पाइयोस् । शरीर निकै कमजोर भएको छ । छिट्टै उठ्दा मलाई चक्कर लाग्छ । तर यहाँका व्यक्तिहरुले कुनै प्रकारको औषधी पनि दिइरहेका छैनन् । उनीहरु भन्छन् परिक्षणको रिर्पोट आएपछि दिन्छांै । घर पुगेपछि पनि १०–२० दिन स्वास्थ्य ठीक हुनै लाग्छ । त्यसैले कुनै कामको बारेमा सोंच्न सकिएको छैन ।
रामपुकार दिल्लीमा भवन निर्माणमा मजदुरको काम गर्थे । लकडाउन भएदेखि काम पनि रोकिएको थियो । उनी भनछन्– ‘एक मात्र छोरा त गुमाए अब छोरी मात्र बाँकी छन् ।’
उनी परिवार चलाउन फेरी दिल्ली जान्छन् त ? रामपुकार भन्छन्– ‘अब जेसुकै होस् काम पाए पनि नपाए पनि काठ चिरेर बेचिन्छ । फेरी इँट्टा भट्टामा काम गरिन्छ । तर दिल्ली फर्केर नजाने कसम खाइसकेको छु ।’
-बीबीसी हिन्दिबाट
प्रतिकृया दिनुहोस