• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

स्पेनिस ला लिगा १२ जुनदेखि सुरु हुने, पहिलो खेल सेभिया र रियल बेटिसबीच हुने

एजेन्सी । स्पेनिस ला लिगा १२ जुनदेखि सुरु हुने भएको छ । ला लिगाको पहिलो खेल सेभिया र रियल बेटिसबीच हुने बताइएको छ ।

ला लिगा आयोजकले यसबारे आधिकारिक धारणा सार्वजनिक नगरेपनि २८ मेमा बस्ने बैठकले निर्णय गर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

बैठकले सिजनको बाँकी रहेको खेलको तालिका तथा अर्को सिजनको खेलको मिति घोषणा गर्न सक्नेछ ।

 सेभिया र रियल बेटिसबीचको डर्वी खेल शानदार हुने सेभियाका खेलकुद निर्देशक मोन्चीले बताए । स्पेनमा फुटबल फिर्ताको लागि उत्सुक रहेको पनि उनले बताए ।

 ला लिगामा अझै ११ चरणको खेल बाँकी रहेको छ । ११ चरण खेल बाँकी रहँदा बार्सिलोना ५८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ५६ अंक जोडेरको रियल म्याड्रिड दोश्रो स्थानमा छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर