• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ढोरपाटन बुर्तिबाङमा आजदेखि आरडीटी टेष्ट शुरु 

ढोरपाटन (बागलुङ) । जिल्लाको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबारदेखि ¥यापिड डायग्नोेष्टिक टेष्ट किट (आरडीटी) मार्फत् कोरोना भाइरस परीक्षण हुने भएको छ । स्वास्थ्य कार्यालय बागलुङले स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षणसँगै ¥यापिड डायग्नोेष्टिक टेष्ट किट उपलब्ध गराएपछि अब बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पनि कोरोना परीक्षण हुने भएको छ । 

स्वास्थ्य कार्यालय बागलुङले पहिलो चरणमा २० थान आरडीटी किट उपलव्ध गराएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका ल्याव अशिष्टेन्ट किसान शाहीले बताए । 

ढोरपाटन नगरपालिका नगर प्रमुख देव कुमार नेपालीले स्वास्थ्य केन्द्रका ल्याव टेक्निसियनहरुसँग कोरोनाको नमूना परीक्षण गरेर बुर्तिबाङमा ¥यापिड टेष्ट किटबाट कोरोना परीक्षणको सुरुवात गरेका थिए । नगर प्रमुख नेपालीसहित अन्य २ जनामा पनि नमूना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको ल्याव अशिष्टेन्ट शाहीले बताए ।

नगर प्रमुख नेपालीले कोरोना महामारीको समयमा रोकथाम तथा न्यूनीकरणमा आरडीटी टेष्टको ठूलो महत्व हुने बताए । ‘कोरोना भाइरस छ भनि शंकास्पद व्यक्तिहरुको स्वास्थ्य परीक्षणमा सहजता हुने अपेक्षा लिएका छौं’, सञ्चारकर्मीहरुसँग नेपालीले भने । यस क्षेत्रमा विदेशबाट आएका र स्वदेशमै संक्रमित जिल्लाहरुबाट आएकाहरुमा कोरोना परीक्षणका लागि आरडीटी टेष्टलाई तीब्रता दिईने नगर प्रमुख नेपालीले बताए ।

बाहिरबाट आएकाहरुको तुरुन्त पहिचान गरी कोरोना परीक्षणका लागि सम्बन्धित निकायमा थप आरडीटी किटको माग गरिने उनले बताए ढोरपाटन नगरपालिकाले कोरोना संक्रमण तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको बताउँदै नगर प्रमुख नेपालीले हुनसक्ने जोखिमलाई ध्यानमा राखेर नगरपालिकाले १ सय थान पीपीई र १० हजार थान मास्क मौज्दात राखेको बताए ।

आरडीटी जाँचमा पोजेटिभ भएमा थप जाँचका लागि स्वाब संकलन गरेर पिसिआर जाँचका लागि पठाईने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । 

गर्भवती र लागूपदार्थको सेवनकर्ता पत्ता लगाउन गरिने जस्तै रगतको नमूनाबाट गरिने परीक्षण ¥यापिड टेष्ट भएको स्वास्थ्यकर्मीहरुको भनाई छ । र्यापिड टेष्ट मार्फत् छिटो र सानो किटबाट परीक्षण गर्न सकिने भएकोले १० देखि १५ मिनेटमै उक्त किटले एकजनाको रगत परीक्षण गर्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर