बुलेट बाइकमा ज्याक्लिन र सलमान 

मुम्बई । बलिउड अभिनेता सलमान खान लकडाउनपछि सामाजिक सञ्जालमा धेरै सक्रिय देखिएका छन् । हालै सामााजिक सञ्जालमा सलमान खानको एक भिडियो भाइरल भएको छ । जसमा उनी फिल्म ‘किक’ को सह–स्टार ज्याक्लिन फर्नाडिससँग बुलेट बाइकमा देखिएका छन् । दर्शकले उनीहरुको यो भिडियोलाई निकै रुचाएका छन् । 

भिडियो सार्वजनिक भएको छोटो समयमै ६० हजार भन्दा धेरैले हेरिसकेका छन् । साथै फ्यानहरुले धेरै रमाइला कमेन्ट गरेका छन्  । भिडियोमा सलमान र ज्याक्लिनको साथमा प्रहरी पनि देखिएका छन् । लकडाउन सुरु भएदेखि नै ज्याक्लिन सलमानको फाम हाउसमा समय बिताई हरेकी छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर