• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

नेपालमा थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले सो जानकारी दिएका हुन् । यसअघि शुक्रबार बिहान ३० जनामा कोरोना संक्रमण देखिएको थियो । यो संगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ । 

कैलालीको सरस्वती माविको क्वारेन्टाइनमा रहेका तीन पुरुष, परसुराम १० घर भएका डडेलधुराका एक २८ वर्षीय पुरुष, बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषको  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो । 

त्यसैगरी बाँकेका १८ देखि ६१ वर्ष उमेर समूहका १४ जनाको भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए ।   त्यसैगरी मोरङको रतुवामाई–२ का एक ४१ व र्षीय पुरुषको पीसीआर रिपोर्टसमेत पोजिटिभ देखिएको छ । शुक्रबार बिहान मात्र  ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर