• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौ । संसदीय समितिले सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाइ निरन्तरता दिन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको संघीय संसद अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकले  कोरोनाभाइरस महामारीले प्रभावित पारेको समयमा राहत र सहयोगका थप कार्यक्रम ल्याउनुपर्नेमा सरकारले एकल महिला र अतिअशक्त अपांगता भएकाहरुको सामाजिक सुरक्षा भत्ता कटौती गरेको भन्दै यसलाई निरन्तरता दिन सरकारलाई दिर्नेशन दिएको हो ।

यसअघि  गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै स्थानीय तहलाई पत्र पठाएर भत्ता कटौतीको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो । बैठकले आगामी बर्षको बजेटमा लैङ्गीक उत्तरदायि बजेटलाई नीतिगत एवं व्यहारगत रुपमा महत्व दिन योजना आयोग, अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमार्फत सबै प्रदेश सरकारलाई निर्देशन दिने निर्णय गरिएको समिति सभापति निरु पालले जानकारी दिइन् ।

त्यस्तै बैठकले लैङ्गीक उत्तरदायि बजेटको अभ्यासलाई सुदृढ बनाउन, लैङ्गीक समानता प्रवद्धन गर्न, बिधमान समष्टिगत आर्थिक नीति एवं राष्ट्रिय बिकास  नीतिहरुबाट पर्न गएको असरहरुको  नियमित बिश्लेषण गरि आवधिक रुपमा सुधार गर्ने कार्य गर्न पनि सरकारलाई निर्देशन दिएको छ भने बजेट कार्यान्वयनको चरणमा लैङ्गीक परिक्षण गर्न बार्षिक तथा चौमासिक समिक्षा गर्दा सामाजिक एवं लैङ्गीक क्षेत्रलार्ई समेत महत्व दिन योजना आयोग, अर्थमन्त्रालय र सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति पालले बताइन् ।

बैठकले सामाजिक सुरक्षा सम्बन्धी कानुनहरु र प्रचलित व्यहारबीच भिन्नता देखिएकोे कारण लाभग्राहीहरुलाई समस्या परेको भनी सम्बन्धीत पक्षहरुबाट गुनासो प्राप्त भएको भन्दै सो सम्बन्धमा भए गरेका कामहरको बिस्तृत विबरण समितिलाई उपलव्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ । बैठकमा समिति सदस्यहरुले विपदका बेला सरकारले एकल महिला र अतिअशक्त अपांगता भएकाहरुको सामाजिक सुरक्षा भत्ता कटौती गरेको भन्दै आपत्ती जनाएका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर