• शनिबार २-१७-२०७७/Saturday 05-30-2020/ 03:01 pm

चितवनका सङ्क्रमित दम्पती दिल्लीबाट एम्बुलेन्समा आएका

भरतपुर ।  चितवनका दुई जना कोरोना सङ्क्रमित भारतको दिल्लीबाट एम्बुलेन्समा आएको खुलेको छ । दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएर उहाँहरु यही जेठ ३ गते एम्बुलेन्स परिवर्तन गरी घर फर्किेका थिए । भरतपुर महानगरपालिका–६ केशरबाग निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा आज भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँहरु दम्पती हुन् । उहाँहरुसँगै दिल्ली गएका जेठो छोरामा भने सङ्क्रमण देखिएको छैन ।

उनीहरु भारतबाट एम्बुलेन्समा कपिलवस्तुको कृष्णनगर नाकाबाट स्वदेश प्रवेश गरेका थिए । एम्बुलेन्स परिवर्तन गरी उनीहरु यहाँ आएका हुन् । उनीहरु घर आएदेखि नै सेल्फ क्वारेन्टिनमा बसेका थिए । सङ्क्रमण देखिएपछि भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाले आज कन्टयाक्ट ट्रेसिङ गरेको छ । सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आफ्नै परिवारबाहेक अन्य कोही पनि सम्पर्कमा नआएको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए । उनका अनुसार सङ्क्रमितको घरमा आठ जना मात्रै बस्दै आएका थिए । उनीहरुको एक सातापछि पिसीआर विधिबाट कोरोना परीक्षण गरिने जनाइएको छ ।

अहिले सङ्क्रमित देखिएको टोललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रहरीले सो टोलमा आवातजावत गर्न बन्देज लगाएको छ । सङ्क्रमित बिहीबार आफँै परीक्षण गर्न भरतपुर कोरोना अस्पताल पुगेका थिए । उनीहरुमा सङ्क्रमण पुष्टि भएसँगै अहिले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै नवलपरासी पूर्व विजय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुषको पनि भरतपुर कोरोना अस्पतालमै उपचार भइरहेको छ । अहिले सो अस्पतालमा चार सङ्क्रमितको उपचार भइरहेको छ । दुई थपिएसँगै चितवनमा सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । यसअघि सङ्क्रमण पुष्टि भएका राप्ती नगरपालिकाका दुई आमा छोरा निको भएर घर फर्किसकेका छन् भने एक महिलाको काठमाडौँमै उपचार भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एटिएम फुटाउँदै गरेका व्यक्ति पक्राउ

  • १७ जेठ, २०७७

भक्तपुर ।  बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१

लकडाउनमै बन्यो कुश्मामा सार्वजनिक व्यायामस्थल

  • १७ जेठ, २०७७

पर्वत ।  पर्वतको कुश्मा नगरपालिकाले सार्वजनिक व्यायामशाला निर्माण गरेको छ । बजारको बाक्लो बस्ती र व्यस्त दैनिकीका कारण मानिसले व्यायाम गर्न सहज

सङ्क्रमितको पुनः कोरोना परिक्षण गरिँदै

  • १७ जेठ, २०७७

बैतडी ।  बैतडीका कोरोना सङ्क्रमितको पिसीआर परीक्षण पुनः गरिने भएको छ ।  जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय