• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नयाँ नक्सामा समावेश भूभाग कालापानी–लिम्पियाधुराको यस्तो छ तथ्यहरु 

काठमाडौं । सरकारले छुटेका भूभागसहित नयाँ नक्सा जारी गरेपछि समावेश गरिएका भूभाग बारे केही महत्वपूर्ण जानकारीहरु छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित ‘नेपालका सिमाना’ पुस्तकमा उक्त जानकारी बारे लेखिएको छ ।

कालापानी क्षेत्र लगायतको तथ्याङ्कहरु १ इन्च बराबर १ माइल, २ माइल तथा ४ माइल एवं १ः२५०००० मान नापका नक्साहरुमा ग्राफिकल विधिद्वारा शुद्ध संगणना गरी क्षेत्रफल निकाली ती सबै क्षेत्रफलहरुको औसत लिई अन्तिम तथ्याङ्कहरु स्थापना गरिएको उल्लेख गरिएको छ ।

सोही विधिअनुरुप नदीको लम्बाईको समेत मापन गरिएको छ । स्थानको उचाईका सम्बन्धमा सबैभन्दा भरपर्दो नक्सालाई आधार मानिएको श्रेष्ठले उल्लेख गरेका छन् । त्यसमध्ये कालापानी, लिम्पियाधुरा बारे केही तथ्यहरु देहयाबमोजिम रहेका छन् ।

–कालापानी क्षेत्रको भारतले चित्रांकन गरेको (तिरतिरे खहरे र जमिन सिमारेखा)देखि लिपुलेकसम्मको क्षेत्रफल ६२ वर्ग किलोमिटर ।
–लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रफल ३१० वर्ग किलोमिटर ।
–कालापानी–लिम्पियाधुरा क्षेत्रको जम्मा क्षेत्रफल ३७२ वर्ग किलोमिटर ।
–गुञ्जी नजिकको सङ्गमस्थलदेखि लिपुलेकतर्फको नदीको लम्बाई १७.७६ किलोमिटर ।
–गुञ्जी निजकको सङ्गमस्थलदेखि लिम्पियाधुरातफैको नदीको लम्बाई ४७.८४ किलोमिटर ।
–लिपुलेक भञ्ज्याङदेखि लिम्पियाधुरा भञ्ज्याङसम्मको डाँडै डाँडो पानी विभाजक श्रृखंलाको लम्बाई ५३.१२ किलोमिटर ।
–लिपुलेक भञ्ज्याङदेखि टिंकर भञ्ज्याङ नजिक भारतले अंकन गरेको बिन्दुसम्मको लम्बाई ३.८४ किलोमिटर ।
–कालापानीको उचाई ३,५८४ मिटर ।
–लिपुलेक भञ्ज्याङको उचाई ५,०२९ मिटर ।
–लिम्पियाधुरा भञ्ज्याङको उचाई ५,५३२ मिटर ।
–टिंकर भञ्ज्याङको उचाई ५,२५८ मटिर ।
–गुञ्जी नजिकमा दुई नदीकाको सङ्गमको उचाई ३,७०६ मिटर ।
–कालापानी क्षेत्रको सबभन्दा अग्लो भूभाग (डाँडो) को उचाई ६,१८० मिटर ।
–कालापानीबाट लिपुलेक भञ्ज्याङ १४ किलोमिटर ।
–कालापानीबाट दार्चुलाको खलङ्गाबजार ९६ किलोमिटर ।
–कालापनीबाट टिंकर २२ किलोमिटर ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर