• शनिबार २-१७-२०७७/Saturday 05-30-2020/ 02:50 pm

झापामा ६ सय जनाको पिसिआर परीक्षण, ३५ जनाको पोजेटिभ

झापा । झापामा कोरोना भाइरसको संक्रमण बढेसँगै शंका लागेका हालसम्म जिल्लाका ६०० जनाको स्वाब (पीसीआर) को परिक्षण गरिएको छ । जिल्लामा ६०० जनाको पीसीआर परिक्षण गरिएकोमा ३५ जना संक्रमित भएका छन् भने ५० जनाको रिर्पाट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागााईले जानकारी दिएका छन् । 

५० जनाको पीसीआर रिर्पाट दुई दिनभित्रमा आइपुग्ने उनले बताए । कचनकवल, बाह्रदशी गाउँपालिका, भद्रपुर, बिर्तामोड, मेचीनगर नगरपालिका लगायतका पालिकाहरु रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । ३५ जना संक्रमितमा ३३ जना कचनकवल गाउँपालिकाका छन् भने २ जना बाह्रदशी र दमक नगरपालिकाका हुन् । बाह्रदशी गाउँपालिका र दमक नगरपालिकाका दुवै जना निको भएर घर फर्किइसकेका छन् । 

फोकल पर्सन चौलागााईका अनुसार झापामा १ हजार ८ सय जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरिएको छ । यसअघि आरडीटी टेष्टमा हल्दीबारी गाउँपालिकाका एक व्यक्तिमा एण्टीबढी पोजेटिभ आएको थियो । त्यस्तै भारतबाट लुकिछिपि काँकरभिट्टा आइपुगेका ३१५ जना मध्ये १५ जनामा एण्टीबढी पोजेटिभ भेटिएको छ । विहीबार आइपुगेका उनीहरु काँकरभिट्टा माविको होल्डिङ सेन्टर, धाइजनको स्वास्थ्य चौकी र इटाभट्टा स्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका थिए । 

शुक्रबार १ नम्बर प्रदेश सरकारको पहलमा आरडीटी टेष्ट गर्दा एण्टीबढी पोजेटिभ भेटिएको चौलागाईले जानकारी दिनुभएको छ । एण्टीबढी पोजेटिभ भेटिएकाको पीसीआरको टेष्ट गरेपछि मात्र कोरोना भाइरस लागेको होकी, होइन थाहा हुने उहाको भनाई छ । एण्टीबढी पोजेटिभ भेटिएका मेचीनगरमा रहेका १५ जनाको आज (आईतबार) पीसीआर टेष्ट गरेर विराटनगरको प्रयोगशालामा पठाइने छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एटिएम फुटाउँदै गरेका व्यक्ति पक्राउ

  • १७ जेठ, २०७७

भक्तपुर ।  बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१

लकडाउनमै बन्यो कुश्मामा सार्वजनिक व्यायामस्थल

  • १७ जेठ, २०७७

पर्वत ।  पर्वतको कुश्मा नगरपालिकाले सार्वजनिक व्यायामशाला निर्माण गरेको छ । बजारको बाक्लो बस्ती र व्यस्त दैनिकीका कारण मानिसले व्यायाम गर्न सहज

सङ्क्रमितको पुनः कोरोना परिक्षण गरिँदै

  • १७ जेठ, २०७७

बैतडी ।  बैतडीका कोरोना सङ्क्रमितको पिसीआर परीक्षण पुनः गरिने भएको छ ।  जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय