• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कोरोनाले आक्रान्त झापाको कचनकवलमा चोरको बिगबिगी

झापा । झापाको कचनकवल गाउँपालिकामा ३३ जना कोरोना संक्रमित भेटिएपछि पुरै गाउँपालिका सिल गरिएको छ । एकातिर कोरोनाको त्रास यथावतै छ भने अर्कोतिर चोरीका घटना बढ्न थालेपछि स्थानीयमा थप त्रास फैलिएको छ । 

कचनकवल गाउँपालिका २ पथरियामा रहेको पुरानो बजार क्षेत्रमा स्थानीय राजन यादवले सञ्चालन गरेको विद्युतीय उपकरण खरिद बिक्रि पशलमा चोरी भएको छ । सो पशलमा करिब ३ लाख नेपाली रुपैया बराबरको माल सामान चोरी भएको पाईएको छ । 

पशलमा रहेको सटरको चावी फुटाइ दुई थान ल्यापटप, करिब २२ थान मोबाइल, करिब ६० हजार बराबरको घडी, २० हजार बराबरको मोबाइल ब्याट्री ,चार्जर, अन्य टर्च लगायतका विद्युतीय उपकरण साथै नगद १६ हजार चोरी भएको पीडित यादवले बताएका छन् । 

यो घटना कचनकवलमा पहिलो भने होईन । केहि हप्ता अघि लक डाउनकै समयमा सोही गाउँपालिकाको घेराबारीमा पनि राँगा सहित भौषी चोरी भएको थियो । यस्तै सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित डुबडुबी भन्ने स्थानमापनि चोरी भएको थियो । 

गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले अहिले सिङ्गो गाउँपालिका मात्र नभएर सुरक्षाकर्मीपनि सिमा केन्द्रित भएका बेला दुले चोरले हैरान बनाएको बताउँछन् । आगामी दिनमा बजार तथा आसपासका क्षेत्रमा सुरक्षा गस्ती बढाईने जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोईरालाले बताए । कोरोनाको त्राससँगै चोरीका घटना बबढ्दै जाँदा गाउँपालिकाबासी दोहोरो त्रासमा बस्न बाध्य भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर