• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रचण्डको अध्यक्षतामा बसेको सचिवालयमा ओली आएनन्, एमसीसी र बजेटबारे छलफल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली भने उपस्थित थिएनन् । 

शनिबार अपरान्ह बसेको बैठकमा सरकारले ल्याउने बजेट र एमसीसी परियोजनाबारे छलफल भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार दुवै अध्यक्षको सहमतिमा आजको बैठक बसिएको हो । 

आफू आराम गर्ने भन्दै प्रधानमन्त्री ओली बैठकमा उपस्थित नभएको उनले बताए । 

सरकारले आगामी संसद अधिवेशनबाट एमसीसी सम्झौता सदनबाट पारित गर्नेगरी नीति तथा कार्यक्रममा समावेश गरिसकेको छ । 

एमसीसी अध्ययनका लागि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर