• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

बार्यन म्युनिखको शानदार जित

एजेन्सी । जर्मन बुण्डेस लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले  फ्र्यांकफर्टलाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।

पहिलो हाफमा दुई गोल गरेको बार्यनले दोस्रो हाफमा दुई गोल खाएर तीन गोल गरेको हो ।

बार्यनका लागि लियोन गोरेट्ज्काले १७ औँ, थोमस मुलरले ४१ तथा रोबर्ट लेवान्डोस्कीले ४६ औँ मिनेटमा गोल गरे । फ्र्यांकफर्टका लागि मार्टिन हिन्टररेगरले ५२ र ५५ औँ मिनेटमा गोल गरे ।

बार्यनका लागि अल्फान्सो डेविसले ६१ औँ मिनेटमा गोल गरेपछि टिमले ४–२ को अग्रता लियो । ७४ औँ मिनेटमा हिन्टररेगरले आत्मघाती गोल गरेपछि बार्यन ५–२ को जित दर्ता गर्न सफल भयो ।

जितपछि शीर्ष स्थानको बार्यनको २७ खेलबाट ६१ अंक भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर