• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

कोरियामा भिसा अवधि सकिएर नेपालीको बिचल्ली : दूतावासमा दिए धर्ना, सहयोग पाएनन् !

काठमाडौं । कोरियामा भिसा अवधि सकिएर नेपाल फर्कन नपाएका नेपालीहरुले नेपाल आउन पाउनपर्ने माग राख्दै त्यहाँस्थित दूतावासमा धर्ना दिएका छन् । आइतबार दूतावास पुगेर उनीहरुले राजदूत रामसिंह थापा र श्रम सहचारी डिल्ली राम बास्तोलालाई ध्यनाकर्षण गराएका छन् । 

अलपत्र परेकामध्येका सुवास ढकालको नेतृत्वमा गएको टोलीले आफूहरुको भिसा सकिएको भन्दै तत्काल नेपाल जान पाउँ भनि आफ्ना माग राखेका थिए । राजदूत थापाले नेपाल सरकारले कुनै निर्णय नगरी अहिले पहल गर्न नसक्ने बताएका थिए । 

ढकालका अनुसार उनीहरुले १ घन्टा धर्नासहित तत्काल नेपाल जान पाउँ भनेर माग राखेका थिए । यसअघि भिसा अवधि सकिएर नेपाल फर्कन नपाएका नेपालीको कोरियामा बिचल्ली भएको समाचार हामीले प्रकाशन गरेका थियौं । 

हेर्नुस् समाचार :

कोरियामा भिसा अवधि सकिएका नेपालीको बिचल्ली : न खल्तीमा पैसा, न दूतावासको सहयोग !

लगत्तै उनीहरुले आइतबार दूतावससमक्ष आफूहरु नेपाल जानपर्ने भन्दै एक घन्टा धर्ना दिएका थिए । तर, दूतावसले सरकारले कुनै निर्णय नगरि कुनै सहयोग नहुने भन्दै फर्काएपछि उनीहरुमा झनै चिन्ता बढेको छ । समाचार दैनिकसँग ढकालले भने, ‘हामी जि टू जि प्रक्रियाबाट आएको भन्दै सरकारल कुनै औपचारिक निर्णय नगरि नेपाल फर्कन पहन नगर्ने राजदूतले भन्नुभयो । उहाँले राष्ट्रमा संकट परेको बेलामा संयमित हुनुपर्ने र धैर्य गर्नुपर्ने भन्दै फर्काउनुभयो ।’

साथै, खान बस्नका लागि समस्या भएमा एनआरएनएलाई सम्पर्क गर्नका लागि राजदूत थापाले भनेको उनले हामीलाई सुनाए । ‘भिसा सकिनेहरुको पहिलो चरणमा ५० दिन थपेको थियो । त्यसपछि ५ दिन थपेको छ ।’ उनले भने, ‘यो थपेको समय सकिएपछि इमिग्रेसनले शरणार्थी भिसा १ महिनालाई दिएको छ । हामी भिसा थप्न जाँदा ‘तेरो देश छैन, कति भिसा थप्न आएको भन्दै कर्मचारीले नै हप्काउँछन् ।’

उनले जसरी पनि नेपाल सरकारले आफूहरुको उृद्दार गर्न माग गरेका छन् । आफूहरुले पठाएको रेमिटेन्सको आधारमा देश चल्ने बताउँदै उनीहरुले आफूनै मातृभूमिमा आउनका लागि सरकारले कुनै पहल नगरेकोप्रति रोष प्रकट गरेका छन् । 

चार वर्ष १० महिनाको भिसा अवधि सकिएपछि वैधानिक रुपमा काम गर्ने अनुमति नहुँदा समस्यामा परेको उनीहरुको तर्क छ । खान बस्न अहिले नेपाली ५० हजार खर्च हुने उनीहरुको गुनासो छ । कोरिया सरकारले वैधानिक रुपमा बसेका विदेशीले पनि अनिवार्य रुपमा नेपाली १२ हजार इन्स्योरेन्स तिर्नपर्ने भएकाले झनै समस्या परेकाले आफूहरुको उद्दार गर्न नीहरुले माग गरेका छन् । 

भिसा सकेर विदेशी भूमिमा अलपत्र आफूहरुजस्तै सबैको उद्दार गर्न उनीहरुको अपिल छ । उद्दारमा लाग्ने सबै खर्च, नेपाल आएर क्वारेन्टाइनमा लाग्ने खर्च लगायतको खर्च आफैंले गरेर भएपनि नेपाली भूमिमा फर्काइदिन पहल गर्नका लागि उनीहरुले अनुरोध गरेका छन् ।  कोरियामा आफूहरुले कमाएको पैसा नेपालमै खर्च गर्न पाउँदा राम्रो हुने भन्दै उनीहरुले सरकारसमक्ष कोरियामा अलपत्र परेका नेपालीहरु ल्याउनका लागि अनुमति मिलाइदिनपर्ने माग अलपत्र परेका नेपालीहरुले राखेका छन् । सबै देशले महामारीको बेलामा आफ्नो देशको नागरिक लगिरहेको भन्दै नेपालले पनि आफूहरुको उद्दारका लागि पहल गर्नुपर्ने उनीहरुको भनाई छ । 

सरकारले कोरियामा नै कोरोना भाइरसको परीक्षण गरेर अनुमति दिएपनि हुने बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर