हल सिटीका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि
एजेन्सी । इंग्ल्याण्डको च्याम्पियनसिप क्लब हल सिटीले आफ्नो क्लबका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।
इंग्लिस फुटबलको दोस्रो लिगका २४ क्लबमा एक हजार भन्दा बढी मानिसमा गरिएको परीक्षणमा दुईजनामा संक्रमण देखिएको इंग्लिस फुटबल लिगले बताएको थियो । संक्रमण पुष्टि भएका खेलाडी वा पदाधिकारी हुन् भन्ने चाहिँ खुलाइएको छैन । च्यापिम्यनसिप क्लबहरु सोमबारदेखि प्रशिक्षणमा फर्किँदै छन् ।
हल सिटीले वक्तव्य जारी गरेर संक्रमित दुवैजनामा कुनै लक्षण नरहेको र स्वास्थ्य पनि सामान्य रहेको उल्लेख गरेको छ । संक्रमित दुवैलाई सात दिन आइसोलेशनमा राखिएको जनाइएको छ । उनीहरुको फेरि पनि परीक्षण हुनेछ ।
प्रतिकृया दिनुहोस