• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

‘द न्युयोर्क टाइम्स’ले कोभिड–१९ बाट मर्नेको नाम पहिलो पृष्ठमा छाप्यो

‘मानिसहरु कसरी बाँचिरहेका छौं भन्ने बुझ्नका लागि’

न्युयोर्क । अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले सामान्यतया आफ्नो पहिलो पृष्ठमा लेख, तस्विरहरु वा ग्राफिक्स छाप्दै आएको थियो, तर आइतबारको अंकमा पहिलो पृष्ठमा खाली एउटा सूची थियोः ती मानिसहरुको नामको लामो सूची, जसले कोरोना भाइरस महामारीमा ज्यान गुमाए । 

अमेरिकामा कोभिड–१९ भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आउने केही दिनमा एक लाख पुग्ने अनुमान लगाइएको छ, ‘द न्यूयोर्क टाइम्स’का सम्पादकहरुले यस भयानक कोशेढुंगालाई कसरी चिन्हित गर्ने भनि योजना बनाए । 

ग्राफिक्स डेस्कका सहायक सम्पादक सिमाने ल्यानडोन ती संख्यालाई यसरी प्रस्तुत गर्न चाहान्छिन् जसले विशालता र जीवन गुमाएकाहरुको विविधतालाई सुचित गर्छ । ‘द टाइम्स’ भरका विभागले महिनौंदेखि कोरोना भाइरस महामारीलाई बलियो तरिकाले लगातार कभर गरिरहेको छ । 

तर, सिमोन र उनका सहकर्मीहरुले उनीहरु र सायद आम पाठक जनताका बीचमा यी तथ्यांकलाई हेरेर केही थकान महशुस हुनसक्ने महशुस गरे । ‘हामीलाई थाहा थियो हामी यस भयानक कोशेढुङ्गालाई चिन्हित गरिरहेका थियौं,’ उनले थपिन्– ‘हामीलाई थाहा थियो उक्त संख्यालाई गणना गर्ने अरु कुनै तरिका पनि हुनुपर्छ ।’

‘कुनै एक पृष्ठमा एक लाख नाम राख्नुले यी मानिसहरु को थिए, उनीहरुको जीवन कस्तो थियो, एक देशको रुपमा यसले हाम्रो लागि के अर्थ बोक्छ भन्नेबारे तपाईंलाई वास्तवमै धरै केही बोल्दैन,’ सिमोन भन्छिन् । त्यसैले उनले देशभरका ठूला वा साना अखबारबाट कोभिड–१९ का मृत्युलेख तथा मृत्यु सूचनालाई संकलन गर्ने विचार लिएर आइन् । 

शोधकर्ता एलन डेलाक्विरियरले विभिन्न अनलाइन स्रोतबाट मृत्युको कारण कोभिड–१९ भनिएका मृत्युलेख तथा मृत्यु सूचना खोजे । उनले सयौं अखबारबाट करिब एक हजार नामको सूची तयार गरे । न्यूजरुमका एक सम्पादकको समूह र पत्रकारितामा ग्राजुएट गरेका तीन विद्यार्थीले त्यसलाई पढे र वाक्यांशहरु निकाले जसले जीवन गुमाएकाको विशिष्टतालाई वर्णन गरेको थियो ।

‘एलन लुन्ड, वर्ष ८१, वासिङ्टन, कन्डक्टर..’
‘थेरेसा एलोइ, वर्ष ६३, न्यूओर्लियन, पिन र ‘कोर्सेज’का लागि प्रसिद्ध व्यापारी..।’ 
‘फ्लोरेन्सिओ अल्माजो मोरान, वर्ष ६५, न्यूयोर्क, सुरक्षाकर्मी...’
‘कोबी एडोल्फ, वर्ष ४४, शिकागो, उद्यमी र साहसी...’

सिमोन ल्यानडोन नतिजालाई एक बुट्टा भरेको वस्त्रसँग तुलना गरिन्, जसलाई उनी एक्कै पहिरिन सक्दिन थिइन् । नेशनल डेस्कका सह–सम्पादक क्लिन्टन कार्गिल ल्यानडोनको सम्पादनमा सह–पाइलट थिएन् । 

यस परियोजनाको अन्य मुख्या खेलाडीमा डिजिटल न्यूज डिजाइनका उप–सम्पादक म्याट रुबी, सफ्टवेयर इन्जिनियर एनी डेनियल र ग्राफिक सम्पादकहरु जोनाथन हुवाङ्ग, रिचार्ड ह्यारिस र लजारो गमियो । यस परियोजनाको प्रिन्ट डिजाइनको पछाडी कला निर्देशक एन्ड्रिउ सनडर्न थिए । 

नेशनलका सम्पादक मार्स लेसीले द टाइम्सका मुख्य रचनात्मक अधिकारी टम बोड्किनलाई ‘माइलस्टोन’ आइरहेको चेतावनी दिएका थिए । ‘मानिसहरु हामी केको माध्यमबाट बाँचिरहेका छौं भन्ने बुझ्न एक सय वर्ष पछाडि फर्केर हेरुन् भन्ने चाहान्थे,’ लेसीले एक इमेलमा भने । 

अखबारको पहिलो पृष्ठका लागि दुईवटा विचार अगाडी आएः कि कोभिड–१९का कारण आफ्नो ज्यान गुमाएका सयौंको तस्विरको जाल कि त ‘अल टाइप’ अवधारणा,’ बोड्किनले भने । ‘जुनसुकै अवधारणा छानिएको भए पनि हामी पुरै पृष्ठलाई कब्जा गर्न चाहान्थ्यौं,’ उनले भने । 

‘अल–टाइप’ अवधारणा अगाडी आयो । ‘यस प्रकारको एक व्यवहार ‘निक्कै नाटकीय’ हुनेछ,’ उनले भने । यस डिजाइनले शताब्दिऔं पुरानो अखबारहरुको सन्दर्भ दिन्छ, जसमा बोड्किनलाई केही रुचि थियो । सन् १८५१ मा प्रकाशित सुरु गरेको धेरै वर्षपछि आधुनिक अर्थमा भन्नुपर्दा ‘द टाइम्स’मा कुनै शिर्षक नै थिएन् । 
१८०० मध्यतिरको अखबारको वर्णन गर्दै बोडकिनले भने, ‘यो उपÞ–शिर्षकका साथ चल्ने विषय थियो । द टाइम्समा ४० वर्ष लामो कार्यकालमा बोड्किनलाई कुनै पनि पहिलो पृष्ठ बिना तस्विर प्रकाशित भएको सम्झना छैन । 

‘यद्यपि, केही पृष्ठहरु भने खाली ग्राफिक्सले मात्रै भरिए पनि यो निश्चित रुपले आधुनिक समयमा पहिलो पटक हो,’ उनले थपे । अखबारको भित्री पृष्ठहरुमा सूची जारी हुन्छ, खाली नामहरु मात्र, धेरैभन्दा धेरै नाम र धेरैभन्दा धेरै जीवन गुमाएकाको ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर