प्रियंका लेख्छिन्–हामीले हाम्री चेलीलाई माफ नगरे कसले गर्छ ?

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले बोल्ने क्रममा वर्षाबाट गल्ती भएको भन्दै माफि दिन आग्रह गरेकी छन् ।  उनले सामाजिक सञ्जिाल मार्फत आफ्नो विचार राख्र्दै पब्लिक फिगर हुन त्यती सजिलो नभएको पनि बताएकी छिन् ।

उनले लेखेकी छन् –‘वर्षालाई बर्सिरहेको गाली, गलौच, अपशब्द सबै देखेर दुःख लागेको छ । वर्षाको अन्र्तवार्तामा म पनि सँगै थिए । हो, म मान्छु, उनको बोलीको शैली, प्रस्तुतिकरण, शब्दहरुको छनोटले सारा नेपालीहरुको चित्त दुखेको छ । सारा नेपालीले उनलाई हर कदम नियालिरहेका छन् । देशको बिषयमा बोल्दा त झनै धेरै विचार पुर्याएर बोल्नुपर्छ । उनले आफ्नो माफि पत्रमा दर्शाए जस्तै अन्र्तवार्तामा पनि परिपक्कता देखाएको भए यो परिस्थिती आउदैन थियो, सायद । उनले माफि पनि मागिसकिन् । हामीले हाम्री चेलीलाई माफ नगरे कसले गर्छ ? हाम्रो चेलीको इज्जतको रक्षा गर्ने कर्तव्य हाम्रो पनि होइन र ?’

वषाले शनिबार एक लाइभ कुराकानीमा भारत र नेपालको सीमानाको विषयमा केही विवादित शब्दहरु बोलेकी थिइन् । त्यस लगतै सामाजिक सञ्जालमा उनको तीव्र रुपमा आलोचना भएको थियो । उक्त आलोचनापछि वर्षाले बोल्ने क्रममा आफुबाट केही गल्ती भएको भन्दै माफि पनि मागेकी थिइन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर