• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

लकडाउनको समयमा पनि सांस्कृतिक डबली निर्माण कार्य जारी 

पाल्पा । चालु लकडाउनका कारण ज्याला मजदुरी गरि दैनिकी चलाउने परिवारलाई समस्या भएको छ भने विकास निर्माणका कामहरु पनि प्रभावित भएका छन् । तर, पाल्पामा भने लकडाउनका कारण रोकिएको प्रदेशस्तरीय सांस्कृतिक डबलीको काम पुनः सुरुवात भएको छ । लकडाउनका कारण बन्द भएको काम पुन सुचारु भएसंगै कामले गति लिएको छ भने कामदारलाई पनि रोजगारी मिलेको निर्माण व्यावसायी दिपक बहादुर पालले बताए ।

चैत्र ११ गतेदेखि लकडाउन भएपछि केही कामदार द्दर पठाएको र बाकीले सामाजिक दुरी कायम राखेर निर्माण कार्य गर्दै आएको पालले बताए । सुरुका दिनमा २५जनाबढी कामदारले काम गर्दै आएको भएपनि हाल भने जम्मा ८ जना कामदारले निर्माण कार्य गर्दै आएका छन् । 

प्रदेश नम्बर पाच सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा पाल्पा सदरमुकाम तानसेनमा सुरु भएको श्रीनगर सास्कृतिक डबली निर्माणको काम हाल ४० प्रतिशत सम्पन्न भएको छ । प्रदेश सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यकासाथ अघि बढाएको सास्कृतिक डबली निर्माण  २०७ड असार ७ गते सम्पन्नगर्नेगरी प्रतिष्ठा कन्टक्सन प्रा।ली। काठमान्डौंले निर्माणको जिल्मा लिएको छ । बिचमा रोकिएर पुन काम संचालन भएसंगै ताकिएको समयमा निर्माण सम्पन्न गर्ने निर्माण व्यावसायीले बताए । 

लकडाउनका कारण काम रोकिएपछि जिल्लाभन्दा बाहिरबाट आएका कामदारलाई दैनिकी चलाउन समस्या भएपनि हाल निर्माण पुनः सुरु हुदाँ वाहिरबाट आएका मानिसलाई सहज भएको रोल्पाका दिल बहादुर घर्तीले बताए । उनले भने बिचमा काम रोकिएपछि दैनिकी चलाउन नै समस्या भएको थियो अहिले काम सुरु भएपछि भने सामाजिक दुरी कायम राखेरै काम गरेका छौं । घरपरिवारमा समेत काम सुरु हुँदा खुसि छाएको छ । 

देशभर लकडाउन भएका कारण निर्माणको सामान आपूर्तीमा समस्या हुँदा उपलब्ध सामग्रीको कामलाई मात्र निरन्तरता दिएको र एक सातापछि सामाग्री आपूर्ती हुन नसकेमा पुनः काम रोकिने चिन्ता कामदारको रहेको छ । 

कुल ६ करोड ८२ लाखबढीको लागतमा निर्माण सुरु गरेको सास्कृतिक डबलीमा खुला मञ्च, नाच घर लगायतका सस्कृति झल्किने स्थालहरु रहनेछन । सास्कृतिक डबली निर्माण भएसंगै पाल्पासंगै सिंगौ पाच नम्बर प्रदेशकै पर्यटन पर्वद्धनमा टेवा विश्वाश लिइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर