• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विदेशमा अलपत्र परेका नेपालीलाई सरकारले समयमै उद्दार गर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दारका लागि सरकार तत्पर रहेको बताएका छन् । देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रोग वा भोक केहीबाट पनि देशवासीको जीवन जोखिममा पर्न नदिन सरकार प्रयत्नशील रहेको बताएका छन् ।

देशवासीप्रति आभार प्रकट गर्दै प्रधानमन्त्री ओलीले नेपालीहरुको ठूलो संख्यामा कार्यरत रहेका मुलुकहरुको सरकार तथा राष्ट्रप्रमुखसँग गम्भीर संवाद गरेको बताउँदै उनले भने,‘मैले गरेको आग्रहमा उहाँहरुले निश्चिन्त रहन आग्रह गर्नुभएको छ ।’

‘यो असहज परिस्थितिमा स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउनका लागि विस्तृत योजना सहितको आदेश तत्काल जारी गरिनेछ । विश्वका जुनसुकै मुलुकमा समस्यामा परेका नेपालीहरुको उद्दारका लागि सरकार समयमै उद्दार गर्छ । समयको प्राथमिकता र देशभित्रको अवस्थालाई मध्यनजर गर्दै सकरार अघि बढ्ने छ ।’ उनले अघि भने,‘सरकार आफ्ना नागरिकप्रति सधैं संवेदनशील छ । यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्दछु ।’

'नेपालमा महामारीको कोरोनाविरुद्धको लडाँईं निकै चुनौतीपूर्ण छ भन्ने यथार्थप्रति सरकार सचेत भएको उनले बताए । उनले भने, ‘कोरोनाविरुद्धको महामारीको लडाईं निकै चुनौतीपर्ण छ भन्ने कुरामा सरकार सचेत छ ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर