• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

युट्युब भर्सेस टिकटक

एजेन्सी । लामो समयदेखि टिकटक र युट्युव प्रयोगकर्ताबीचको झगडा जारी छ । यसैबीच एकै हप्तामा टिकटकको रेटिङ्गमा ठूलो गिरावट आएको छ । टिकटकको हालको रेटिङ्ग १.३ छ ।  जो गुगलको प्ले स्टोर पहिले ४.८ थियो ।

वास्तविक जीवनमा जहाँ सम्पूर्ण विश्व कोभिड–१९सँग लडिरहेको छ अर्कोतर्फ डिजिटल युद्ध जारी छ । टिकटकमा लाखौं प्रयोगकर्ता छन् भने युट्युवका लाखौं फ्यानहरु छन् । यो लडाइँ यस्तो अवस्थामा पुगेका छ । जसमा प्रख्यात सेलिब्रेटीहरु आम्नेसाम्ने आएका छन् । साथै टिकटक प्रतिबन्धको माग गर्न थालेका छन् । यसको परिणाम रुवरुप एक समय ४.८ रेटिङ्ग भएको मोबाइल एप्लिकेशन १.३ मा झरेको छ ।
........

टिकटका रेटिङ्गमा कसरी गिरावट आयो ?
टिकटक रेटिङ्ग गिरावटको क्रममा छ । किन भने लाखौं टिकटक प्रयोगकर्ताले यस एप्लिकेशनलाई पछिल्लो एक हप्तामा कम रेटिङ्ग (एकदेखि दुई रेटिङ्ग) दिएका छन् । टिकटक एक लोकप्रिय मोबाइल एप्लिकेशन हो । जसमा विश्वभर एक अर्ब बढी प्रयोगकर्ता छन् । तर पनि टिकटको रेटिङ्ग खस्कदो अवस्थामै छ । यस अनुसार अनुमान गर्न सकिन्छ भारतीयहरु धेरै रिसाएका छन् ।

यो सबै परिवर्तनको सुरुवात युट्युबर एल्विश यादवको त्यो भिडियोबाट हुन्छ । जसमा उनले टिकटक प्रयोगकर्ताहरुलाई मजाकको पात्र बनाए । अनि फोहोरी भने । त्यसपछि लोकप्रिय टिकटक प्रयोगकर्ता आमिर सिद्धीकीले यसको जवाफ दिदैं युट्युबलाई लक्षित गरेर सामग्री चोरीको आरोप लगाए । उनले यतिसम्म भने युट्युबर्स टिकटक समुदाय जस्तो एकजुट छैन । यो मात्र होइन उनले प्रख्यात युट्युबर क्यारी मिनाटीलाई चुनौती समेत दिए । 

यो स्पष्ट छ, युट्युबर्सलाई यो भिडियो राम्रो लागेन अनि मिनाटीले चुनौतीलाई स्वीकार गर्दै मे ८ मा एक भिडियो अपलोड गरे । अनि आमिर कराराको जवाफ दिए । उनले आमिर भाषा र शब्दहरुको पनि मजाक उडाए । 

उनले आमिरलाई आफू पीडित भएको देखाउँदै सहानुभूति बटुल्ने प्रयास गरेको आरोप लगाए । मिटानीको भिडियोमा संसारभरबाट जर्बरजस्त प्रतिक्रिया आयो । लाखौं मानिसहरुले उक्त भिडियो हेरे, मन पराए । उनको फ्यानहरुको दाबी छ, यो भिडियो युट्युबमा सबै भन्दा धेरै मनपराइएको गैर संगीत (संगीत विना) भिडियो बनेको छ ।

तर १४ मेमा युट्युबले यस भिडियोलाई आफ्नो नियमको उल्लंघन गरेको भन्दै डिलिट गरिदियो । यस भिडियोलाई आमिरका फ्यानहरुले साइबर बदमासी र उत्पीडनको रुपमा दोष लगाएका थिए । जसको कारण भिडियो डिलिट भयो ।

भिडियो डिलिट भएपछि मिनाटीका १.७ लाख फ्यानहरु रिसाए । आशिष चंचलीनी, भुवन बम र अभिनेता हिमेश कोहली पनि मिनाटीको समर्थन जनाए । 
यो विषय यतिमै समाप्त भएन, आमिर सिद्धीकीले अर्को भिडियो पोष्ट गर्दै उनको भिडियो सम्पूर्ण युट्युब समुदायको बिरुद्ध होइन मात्र सामाजिक मिडिया प्लेटफर्ममा अरुलाई अपमन गर्नेहरुको बिरुद्ध भएको दबी गरे । आमिरले आफूले कहिले पनि साइबर बदमासीको समर्थन नगरेको र मिनाटीलाई यस्तो नगर्ने विषयमा फ्यानहरुलाई सम्झाउनुपर्ने सल्लाह दिए । 

त्यसको केही समयपछि मिनाटीले सम्झौता गरे । उनले एक भावुक भिडियो पोष्ट गरे । तर मिटानीको फ्यानहरुले उनी रोएको सहन सकेनन् अनि टिकटकसँग बदला लिने निर्णय गरे । त्यसपछि ट्वीटमा ह्यासट्याग दबलतष्पतयप टे«ेन्ड सुरु भयो । अभिनेता तथा राजनीतिज्ञ परेश रावलले पनि टिकटक प्रतिबन्ध लगाउन माग गरे ।
.......

युट्युब भर्सेस टिकटक
युट्युबः

२ अर्व एक्टिभ प्रयोगकर्ता ।
अमेरिकामा ७३ प्रतिशत प्रयोगकर्ता युट्युमा एक्टिभ ।

सन् २०१८ मा आइओएस सबै भन्दा धेरै डाउनलोड गरिएको मोबाइल एप्लिकेशन ।
सन् २०१८ डिसेम्बरसम्म एनरोएड मोबाइलमा ५ अर्व पटक डाउनलोड भएको एप्लिकेशन ।

टिकटकः
विश्वभरमा ३९ भाषामा १५० बजार ।
विश्वर करिब ८ करोड एक्टिभ प्रयोगकर्ता ।
५७ प्रतिशत प्रयोगकर्ता चीनमा ।
सन् २०१९ मा भारत शिर्ष बजारमा ।
अमेरिकामा कुल इन्टरनेट प्रयोगकर्ता मध्ये ९ प्रतिशत टिकटक प्रयोगकर्ता ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर