कर्णाली संक्रमित थपिएसंगै चिकित्सकको चेतावनी, सरकारले ध्यान नदिए इटाली हुने खतरा

सुर्खेत ।  कर्णाली  प्रदेशमा मंगलवार १२ जना कोरोना संक्रमित थपिए सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । पछिल्लो समयमा भारत बाट कर्णाली  प्रदेशमा प्रबेश गर्नेहरु ह्वात्तै बढे सँगै कर्णालीमा कोरोना संक्रमित बढ्न थालेका हुन् । पछिल्लो समयमा कर्णालीमा भारतबाट आउनेहरुको काणले गर्दा कर्णालीमा कोरोना संक्रमितको संख्या बढेर गएपछि कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरुले सरकारलाई बेलैमा ध्यान पु¥याउनको लागि आग्रह गरेका छन् ।

मंगलवार थप १२ जना संक्रमित थपिए पछि कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले आफ्नो फेसबुक पेज मार्फत सरकारलाई सुझाव सहितको एउटा स्टाटस पोष्ट गरे उनले पोष्ट गरेको स्टाटसमा भनिएको छ  ‘नेपाल सरकारले समयमै बोडरमा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई नदिएमा भारतबाट कर्णाली प्रदेशमा भित्रिने नेपालीहरुका कारण कर्णालीमा कोरोनाको अबस्था इटालीको जस्तो हुने वाला छ,।’ उनले लेखेका छन् ।


डाक्टर खड्काका अनुसार कर्णाली प्रदेश सरकारले कोरोना रोकथामको लागि अनेकौ निर्णय गरे पनि ती निर्णयहरु कार्यान्वन हुनमा समस्या भएको कारणले यो मसस्या आएको हो । कोरोना रोकथापको बैठकमा केहिलेकाहि डाक्टरहरुलाई बोलाउने गरिएको भए पनि अधिकांस छलफलमा विषेशज्ञ विना नै निर्णय गरिएका छन् । 
‘कोरोना रोक्नको लागि भनेर दर्जनौ बैठक भएका छन् ती बैठकमा चिकित्सकहरु भन्दा सुरक्षा निकायका प्रमुख जनप्रतिनिधि राजनितिक दलका प्रतिनिधि उपस्थित भएका छन् ,’  ‘निर्देशक डाक्टर खड्काले भने,’ कम्तिमा यो विषयमा छलफल गर्दा र निर्णय गर्दा स्वास्थ्यकर्मीहरुको सल्लाहा लिएको भए केहि सजिलो हुने थियो,।’
केहि दिन अघि प्रदेश अस्पतालमा कार्यरत  बालरोग बिषशज्ञ डाक्टर नवराज केसीले कर्णाली प्रदेशमा स्थापना गरिएका कोरोना आइसोलेशनहरुलाई अब कोरोना अस्पताल लेभल १ बनाउनु पर्नेमा सरकालाई सुझाव दिएका थिए । हालको कोरोना विषेश अस्पतालहरुलाई कोरोना लेभल २ अस्पतालको रुपमा लिनको लागि सुझाव दिएका डाक्टर केसीले । यस्तो भए पछि मात्रै जिल्लाहरुमा कोरोनाको उपचार सजिलै हुने उनको तर्क छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर