परीक्षण नै नगरी गौरीफन्टा नाकाबाट २ घन्टामै भित्रिए ४५ सय नेपाली

कञ्चनपुर । भारतका विभिन्न ठाउँबाट सीमामा पुगेका नेपालीको आज पनि उद्धार जारी छ । पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकीबाट आज पनि नेपालीहरुको उद्धार जारी रहेको हो ।

कञ्चनपुरको गौरीफन्टा नाकाबाट आजमात्रै ४५ सय नेपालीको उद्दार भएको छ । 

जेठ महिनामा गौरीफन्टा नाकामा आज नवौँ दिन र गड्डाचौकी नाकाबाट आज दोस्रोदिन उद्धार भइरहेको हो । गौरीफन्टा नाकाबाट पछिल्लो सात दिनमा मात्रै १२ हजार बढी नेपालीको उद्धार भएको छ ।

सीमा नाकाबाट उद्धार जारी भएपनि दुवै नाकामा स्वास्थ्य जाँचको व्यवस्था भने छैन् ।

प्रदेश सरकारले अहिलेसम्म किटको व्यवस्था गर्न नसकेपछि उनीहरुलाई कोरोना परीक्षण बिना सम्बन्धित पालिका पठाउन लागिएको हो । यसले क्वारेन्टाइनबाटै संक्रमण फैलिने खतरा भने बढेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर