• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

भारतमा आइतबारको तुलनामा सोमबार संक्रमितको संख्यामा कमी

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता आइतबारको तुलनामा सोमबार संक्रमितहरु केही कमी देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५३५ जना संक्रमित भेटिएका हुन् ।  यस अघिल्लो दिन ६ हजार ९७७ जना संक्रमित भेटिएका थिए । 

 भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ४५ हजार ३८० पुगेको छ । 

त्यसैगरी भारतमा विगत २४ घण्टामा १४६ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ४ हजार १६७ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् । 

यस संक्रमणबाट निको भएका बिरामीको संख्या ६० हजार ४९० जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।  हाल भारतमा ८० हजार ७२२ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । 

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ५२ हजार ६६७ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १७ हजार ८२ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् ।  गुजरातमा १४ हजार ४६० संक्रमति रहेका छन्  । दिल्लीमा १४ हजार ७३ जना कोरोना संक्रमित रहेका छन् ।

भारतमा दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ ।  कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ  ।  कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । 

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ ।  भारतमा पहिलो चरणको लकडाउन  गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो ।  तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । 

 भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन  समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । 

भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही  खुकुलो गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर