• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

जब संसदमा रुकुम पश्चिमका सांसद जनार्दन शर्माले बोल्न थाले...

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा रुकुम पश्चिमको चौरजहारीमा तीन जनाको ज्यान जानेगरी भएको घटनाबारे चर्को आवाज उठेको छ । मंगलबार दिउँसो १ बजे सुरु भएको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएका थिए ।

कांग्रेसको अवरुद्धपछि सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेस सांसद मिनबहादुर विश्वकर्मालाई बोल्न समय दिए । घटनाको छानविनका लागि संसदीय समिति गठन गर्नपर्ने उनले माग राखे । 

उनले उक्त घटना दलित समुदायमाथिको हिंसा भएको बताए र गृहमन्त्री रामबहादुर थापाको जवाफ संसदबाटै आउनपर्ने माग राखे । लगत्तै, सभामुख सापकोटाले गृहमन्त्री थापालाई बोल्न समय दिएको बताएका थिए । त्यहीबीचमा रूकुम पश्चिमका सांसदसमेत रहेका पूर्व गृहमन्त्री शर्माले आफूले घटनाबारे बोल्न चाहेको भन्दै समय मागे । लगत्तै शर्माविरूद्ध कांग्रेस सांसदहरूले उठेर चर्को विरोध गरेका थिए । 

आफू त्यस क्षेत्रको सांसद भएको भन्दै उनले त्यहाँको घटनाबारे आफूले सदनमा जानकारी गराउनपर्ने बताएका थिए  । घटनालाई राजनीतिक दबाबका आधारमा कुनै दबाब नहुने उनले बताए । 

शर्माले उक्त घटना राजनीतिक नभएको, कसैको पनि हत्या नभएको टिप्पणी गरेका थिए । शर्माले उक्त घटनामा जाजरकोटबाट आएका व्यक्तिहरुको कसैले वर्वरतापूर्वक हत्या नगरेको बताए । खोलामा पस्दा तीन जनाको ज्यान गएको भन्दै उनले ‘हत्या गर्नेहरुको’ बचाउ गरेपछि प्रमुख प्रतिपक्षका सांसलहरुले होहल्ला गरेका थिए ।

त्यसपछि  शर्माले घटनाको प्रकृति, यथार्थ अध्ययन गर्न जाजरकोट र रुकुमका प्रशासन अन्ततः सक्रियतापूर्वक लागेको आफूले पाएको बताए । 

 “रुकुममा जातीय विभेदका घटनाको राजनीतिकरण हुँदैन, छानबिन हुन्छ”, जनप्रतिनिधिका हैसियतमा उनले भने ।

सांसद शर्माले आफ्नो धारणा राख्दै गर्दा नेपाली काँग्रेसका सांसदले आपत्ति जनाउँदै आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । स्थानीय जनप्रतिनिधिको हैसियतले आफूले बोल्न पाउनुपर्ने बताउँदै पूर्वगृहमन्त्रीसमेत रहेका सांसद शर्माले घटनामा राजनीति नगर्नसमेत आग्रह गरे ।

घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै उनले  रुकुमको जनप्रतिनिधिको हैसियले आफूले सहयोग गर्ने बताए । 

केहीबेर सवालजवाफ भएपछि सभामुख सापकोटाले कांग्रेस सांसदहरूलाई पटकपटक सम्हालिन अनुरोध गरेका थिए ।

रूकुम पश्चिम चौरजहारी नगरपालिका ८ मा भएको घटनामा नवराज बिकसहित ३ जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता छन् । संसदमा मंगलबार बोल्ने अधिकांश सांसदले रुकुम पश्चिममा घटेको घटनाबारे संसदिय समिति बनाएर छानविन हुनपर्ने माग राखेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर